देश
दाङ । दाङको तुलसीपुर स्थित मेट्रो हस्पिटलमा अक्सिजन सहितको आइसोलेसन सेन्टर बनाउने काम अन्तिम चरणमा पुगेको छ । मेट्रो हस्पिटल ५० बेडको बनाउने काम अन्तिम चरणमा पुगेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिए ।
शाखा प्रमुख न्यौपानेका अनुसार अबको दुईदिनभित्र आइसोलेसन सेन्टर संचालनमा आउने छ । त्यहाँ अहिले विद्युत, धारा जडान, वाइरिङ, डाक्टर तथा नर्सका लागि आवास, चेन्जिङ रुम र शौचालयको निर्माण कार्य सम्पन्न भएको छ । आइतबारसम्म अक्सिजन र बेडको व्यवस्था गरिसक्ने शाखा प्रमुख न्यौपानेले जानकारी दिएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८ १०:३०
प्रतिक्रिया दिनुहोस्