site stats
बाह्रखरी :: Baahrakhari
देश
हेलम्बुमा ४० नमुना परीक्षण गर्दा १८ जनामा कोरोना, गाउँपालिका क्षेत्रभित्र निषेधाज्ञा
प्रतीकात्मक तस्बिर ।
NIC Asia
Global Ime bank

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका ४० जनाको स्वाब नमुना परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निराजन मैनालीले जानकारी दिए ।

संक्रमण देखिएपछि बुधबार साँझबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि गाउँपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ । अति आवश्यक अवस्थामा बाहेक आवत–जावत, सभा–सम्मेलन, भेला, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, धार्मिक भेला तथा यातायातमा समेत रोक लगाइएको मैनालीले जानकारी दिए ।

गाउँपालिकाका कर्मचारी, बैंकका कर्मचारीलगायतमा संक्रमण पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङका परेकाको परीक्षण गरिने गाउँपालिकाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
SubisuSubisu