site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुस्ताङमा हिमपहिरो, स्थानीयले छाडे बस्ती (भिडियोसहित)

काठमाडौं । मुस्ताङमा हिमपहिरो गएको छ । मुस्ताङको थासाङ्ग गाउँपालिकाको कोभाङ् गाउँस्थित बोक्सीखोला बस्तीमा हिमपहिरो गएको छ ।  मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार हिमपहिरो बस्तीमाथि अड्किएको छ । उनले भने, “माथिबाट खसेको हिमपहिरो बस्तीको माथि खोँचमा अड्किएको छ ।”

पहिरोको जोखिमपछि बस्तीबासीलाई सारिएको छ । उनले भने, “९ वटा घर भएको त्यो बस्तीका स्थानीय बासिन्दालाई हामीले अहिले त्यहाँबाट सारिसकेका छौं ।” तीनवटै सुरक्षा निकायको सहयोगमा स्थानीयबासीलाई सारिएको उनले सुनाए । 

हिम पहिरोले बोक्सीखोला थुनिएको छ । खोला थुनिएकाले तटीय क्षेत्रका स्थानीयबासीलाई सतकर्ता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro