site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ओखलढुंगामा शक्तिशाली पाइप बम फेला, सेनाद्वारा डिस्पोज
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

ओखलढुंगा । ओखलढुंगामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर–७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो ।

घाँस काट्न जाँदा शंकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीचौकी रावादोलुमा खबर गरेका थिए । बम भेटिएको खबर आएपछि प्रहरीचौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान गरेर प्लास्टिकले बेरेको अवस्थामा पाइप बम एकथान र अन्य दुईथान शंकास्पद वस्तु पहिचान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लाबाट प्रहरी निरीक्षक लंकबहादुर श्रेष्ठको कमान्डमा पाँच प्रहरी र अरिदमन गण ओखलढुंगाबाट क्याप्टेन फत्तनारायण श्रेष्ठको कमान्डमा गएको नौजनाको डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको छ । “निकै पुरानो बम रहेछ । सुरुमा डिस्पोज गर्न समस्या भयो, पछि त्यो क्षेत्रमा एउटा तरंग दिने गरी पड्कियो । सायद, द्वन्द्वको समयमा राखिएको बम हो । यत्तिको शक्तिशाली बम त्यो बेला मात्रै राखिन्थ्यो,” प्रहरी निरीक्षक श्रेष्ठले भने, “यत्तिका दिनसम्म किन देखिएन, फेरि बाहिरै देखियो । त्यो क्षेत्रमा अरु पनि हुन सक्छन् । सतर्क रहन आवश्यक देखियो ।” कतै त्यस्तो शंकास्पद वस्तु देखेमा नचलाइ, नछोइ तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आग्रह गरेको छ ।

तत्कालीन माओवादीले द्वन्द्वको समयमा आधार इलाका राखेको खिजीदेम्बामा बेवारिसे विस्फोटक पदार्थ फेला पर्ने क्रम रोकिएको छैन । द्वन्द्वकाल अन्त्य भएको लामो समय भइसक्दा पनि विस्फोटक पदार्थ फेला पर्ने क्रम नरोकिँदा स्थानीयवासी त्रासमा छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement