site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हैदराबादलाई हराउँदै चेन्नई शीर्ष स्थानमा
Siddhartha BankSiddhartha Bank

काठमाडौँ । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लेको हो । 

दिल्लीमा हैदरावादले दिएको १७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १७३ रन बनायो । 
चेन्नईका लागि रितुराज गाइक्वाड र फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका गाइक्वाडले १२ चौकाको सहयोगमा ७५ रन बनाए । त्यस्तै ३८ बल खेलका डू प्लेसिसले ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाए । सुरेश रैनाले १७ रन बनाउँदा मोइन अली १५ र रविन्द्र जडेजाले ७ रन बनाए । 

Agni Group
NIC Asia

बलिङतर्फ हैदराबादका लागि राशिद खानले ३ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनायो । हैदराबादका लागि डेभिड वार्नर र मनिस पाड्याले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका मनिसले ५ चौका र १ छक्काको सहयोगमा ६१ रनको योगदान गरे । त्यस्तै ५५ बल खेलेका वार्नरले ३ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाए । त्यस्तै केन विलियमसनले २६ रनको योगदान गरे । 

Global Ime bank

बलिङतर्फ चेन्नईका लागि लुङ्गी एन्गिडीले २ विकेट लिए । त्यस्तै एक करणले एक विकेट लिए । बुधबारको खेलमा जित निकाल्दै चेन्नईले ६ खेलबाट १० अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उकासेको छ । 

दोस्रो स्थानको रोयल्स च्यालेन्जर्स बैंगलोरको १० अंक छ । पराजित हैदराबादको ६ खेलबाट २ अंक छ । हैदराबाद तालिकाको पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  २३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय