देश
काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको सुनसहित काठमाडौंबाट एकजना पक्राउ परेका छन् । ८१२ ग्राम सुनसहित मोरङका सुरेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
उनी जजिरा एयरलाइन्सको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका थिए । राहदानी नम्बर ११६७०५८६ वाहक सुरेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमनतर्फको भन्सार चेकजाँच क्षेत्रको एक्स–रेमा जाँच गर्नेक्रममा लगेजमा एक्जिस्टिङ फ्यान तथा साउन्ड स्पिकरभित्र फल्स बटम बनाइ लुकाइ ल्याएको सुनसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८ १२:१६
प्रतिक्रिया दिनुहोस्