site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
निरन्तरको लकडाउनले बालबालिकाहरूको भाषा र बोल्ने क्षमतामा गम्भीर असर 
तस्बिर : एजेन्सी
Sarbottam CementSarbottam Cement

बीबीसी । कोरोना भाइसका कारण जारी लकडाउनले स–साना बालबालिकाहरूको बोल्ने र भाषागत क्षमतामा नकारात्मक असर पार्नेबारे बढ्दो प्रमाण फेला परिरहेको छ । ५० हजार बालबालिकामा गरिएको सर्वेक्षणमा ४ र ५ वर्षीय बालबालिकाहरूलाई भाषामा मद्दत चाहिने अवस्था अधिक वृद्धि भएको देखिएको छ ।

यसरी बोलीको विकासमा कमजोरी भएमा बच्चाको पढाइ अनि सिकाइमा दिर्घकालीन असर पार्न सक्ने अध्ययनले देखाएको छ । ‘द एजुकेसन एन्डोमेन्ट फाउन्डेसन’ (इइएफ) ले गरेको अध्ययनले यस समस्याको समाधान गर्ने उपायहरू पनि दिएको छ । 
महामारी अवधिभरि भर्खरका बालबालिकाहरू सामाजिक सम्पर्क र आवश्यक सामाजिक अनुभवबाट वञ्चित हुनु परेको थियो । हजुरबुवाआमासँग कम या कुनै सम्पर्क नहुनु, सामाजिक दुरी, खेल्ने साथी नहुने, सार्वजानिक स्थलमा मुख छोप्ने लगायतले बालबालिकाहरूलाई दैनिक अनुभव र संवादसमक्ष कम ‘एक्सपोज’ गराएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

स–साना बालबालिकाबीच संवादका अवसरहरू सिमित हुनु वास्तवमै ठूलो समस्या भएको बेलायतस्थित स्कुलकी हेड टिचर स्याली मिनर बताउँछिन् । बालबालिकाहरूले आफ्नो भावना व्यक्त गर्न नपाउनु र साथीसँग बोल्न नपाउनु, आफ्नो कुरा बुझाउन र अरुको भाव बुझ्न नसक्नुले विशेष हानि पुर्याउने उनले बताइन् । 

उनी भन्छिन्, “बालबालिकाको आत्मविश्वास र बोल्ने शीपका लागि तिनै कुराहरू सबैभन्दा जरुरी हुन्छन् । जसबिना उनीहरू खुसी हुन सक्दैनन् र मानिसक रूपमा वृद्धि विकास पनि हुन सक्दैन ।”

Global Ime bank

अध्ययनहरूमा के देखिएको छ भने यदि कुनै बच्चालाई भाषा सम्बन्धी सानो छँदा केही समस्या भएको छ भने उनीहरू हुकिँदै जाँदा पढ्नमा समस्या हुने सम्भावना तीन गुणा बढी हुन्छ । त्यस्तै उनीहरूमा मानसिक स्वास्थ्य सम्बन्धी समस्याबाट हुने जोखिम तीन गुणा बढी हुन्छ । पढ्नमा संघर्ष गर्नुपर्ने सम्भावना चार गुणा र बेरोजगार हुन सक्ने सम्भावना दुई गुणा बढी हुन सक्ने अध्ययनले देखाएको छ । त्यसैले पनि सही उमेरमा यसबारे ख्याल गर्नु तिनको भविष्यका लागि अत्यन्तै जरुरी भएको उनले बताइन् । 

जसमा सेप्टेम्बरदेखि स्कुल सुरु हुने ५० हजार बालबालिका मध्ये ४–५ वर्षका २५ प्रतिशत बालबालिकाहरूलाई भाषागत क्षमतामा मद्दत आवश्यक पर्ने पाइएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC