site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
९ महिनामा ३ अर्ब बढीको चिया निर्यात
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्म ३ अर्ब बढीको चिया निर्यात भएको छ । कोरोना महामारीको बेलामा पनि ९ अर्ब बढीको चियाँ निर्यात हुनु महत्वपूर्ण भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

गएको वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पारेको तर अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षति व्यहोर्नु नपरेको कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जनाएका छन् ।

Dabur Nepal
NIC Asia

लकडाउनका बीच पनि स्वास्थ्यसम्बन्धी सरकारले तय गरेका मापदण्डहरू पालना गरी बोर्डको अग्रसरतामा चियाबगान र उद्योगहरू सञ्चालनमा रहेको बोर्डले जनाएको छ । जसले गर्दा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको उसको भनाइ छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ७८ करोड रूपैयाँ बराबरको ११ हजार मेट्रिक टन चिया निर्यात भएको थियो । चालु आ.व.को ९ महिनाको अवधिमै ३ अर्ब ६ करोड रूपैयाँ बराबरको ९ हजार बढी मेट्रिक टन चिया निर्यात भएको तथ्यांक भन्सार विभागको रहेको बोर्डले जनाएको छ ।

बोर्डको तथ्यांकानुसार आ.व. २०७५/७६ मा २५ हजार मेट्रिक टन चिया उत्पादन हुँदा आ.व. २०७६/७७ मा २४ मेट्रिक टन चिया उत्पादन भएको थियो । उत्पादनमा केही गिरावट आउँदा कोरोना महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि हुनु उपलब्धिको रूपमा लिन सकिने भट्टराईले बताए ।

यसैबीच, बोर्डले आगामी दिनमा चियाको आन्तरिक बजार प्रवर्द्धनमा रणनीतिक रूपमा अघि बढ्ने जनाएको छ । बोर्डले २५औँ राष्ट्रिय चिया दिवसको नारा ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ तय गरेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro