राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक सुरु भएको छ । शीर्ष नेताहरुबीच छलफललगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक बैठक बसेको हो ।
शुक्रबार पनि महाधिवेशन आयोजक कमिटीको बैठक बसेको थियो । बैठकले स्थायी कमिटी पुनर्गठन, कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारबाही, नेताहरुको कार्यविभाजनलगायत निर्णय गरेको थियो ।
यसअघिको बैठकले संघीय संसद्का नेता माधवकुमार नेपालसहित २७ सांसदको स्पष्टीकरणका विषयमा निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको थियो । आजको बैठकले नेपाल समूहलाई कारबाही गर्ने नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८ १२:१४
प्रतिक्रिया दिनुहोस्