site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इराकको अस्पतालमा आगलागी हुँदा २३ संक्रमितको मृत्यु
Sarbottam CementSarbottam Cement

बग्दाद । इराकको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । राजधानी बग्दादस्थित इब्न खातिब अस्पतालमा आगो लाग्दा २३ कोरोना संक्रमितको मृत्यु भएको छ भने अन्य दर्जनौँ घाइते भएका छन् ।

अस्पतालमा रहेको अक्सिजन सिलिन्डर पड्केर आगलागी भएको बीबीसीले जनाएको छ । अस्पतालमा रहेका १२० बिरामीमध्ये ९० जनाको उद्धार गरी अन्य अस्पतालमा सारिएको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अस्पतालको गहन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट मा आगो लागेको यहाँका नागरिक रक्षा प्रमुख मेजर जनरल कदिम बोहनले सरकारी सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । स्थानीय समयानुसार शनिबार राति लागेको आगो आइतबार बिहान मात्र नियन्त्रणमा आएको थियो ।

घटनालाई दुखद् भन्दै इराकी प्रधानमन्त्री मुस्तफा अल–कदिमीले घटनाको तुरुन्त छानबिन गर्न निर्देशन दिएका छन् । यहाँको मानवअधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै घटनालाई ‘कोभिड–१९ बाट थकित बिरामीविरुद्धको अपराध’ भनेको छ ।

Global Ime bank

गएको फेब्रुअरीदेखि पुनः तीव्र रुपमा संक्रमण बढेको इराकमा यो सातासम्म कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्ष कोरोना महामारी सुरु भएयता यहाँ १५ हजार २१७ संक्रमितको मृत्यु भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC