site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधवसँगको वार्ताबारे ओलीले भने– म अझै पनि लचिलो छु
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पार्टी एकताका लागि पहल गरे पनि नेता माधवकुमार नेपाललगायतले पहल नगरेको आरोप लगाएका छन् ।

शुक्रबार बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले नेता नेपाल, योगेश भट्टराईसँगको छलफलमा आफू लचिलो भए पनि उनीहरु एकताको पक्षमा नरहेको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“म अझै पनि लचिलो भएर आएको छु । मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरूसँग भेटघाट भयो । दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरेँ । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल महसुस र अनुभूति देखिँदैन,” बैठकमा ओलीले भने, “पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन । कम्युनिस्ट पार्टी नयाँ उचाइ, सान र गौरवका साथ अगाडि बढ्दछ । यसको नेतृत्व र पहल एमालेले गर्नेछ ।”

ओलीले पार्टी एकताबद्ध बनाउन आफू अहोरात्र खटेको पनि बताए । उनले तत्कालीन नेकपा नेता नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वार्थका कारण विभाजित भएको जिकिर पनि गरे ।

Global Ime bank

“हामी जिम्मेवार र अनुशासित भएकोले हामीले यो पार्टी एकता कायम गर्न प्रयास गर्छौँ । यत्रो दुःखबाट एकीकृत गरेको पार्टी प्रचण्ड र माधव कमरेडहरुले आफ्नो महत्वाकांक्षा र स्वार्थको कारण हाम्रो पार्टी पुनः विभाजित भयो । विभाजित नभएको भए पनि यति धेरै शत्रुतापुर्ण सम्बन्ध बनाइसक्नुभएको थियो,” ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, “मलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गर्ने । त्यस्ता व्यक्तिहरु नेतृत्वमा हावी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो । तर, समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन ।”

ओलीले नेता नेपालप्रति लक्षित गर्दै अराजक ढंगले लागेको आरोप पनि लगाए । सरकारको आलोचना गर्ने, बदनाम गराउने हिसाबले लागेको उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC