काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।
पोखरेलले जनता समाजवादी पार्टीका सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार, विजयकुमार यादवलाई भूमि व्यवस्था तथा कृषि सहकारी, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पुर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद् पुर्नगठन गरेका हुन् ।
आजै प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरुलाई शपथ पनि गराएका छन् । सोमबार मुख्मयन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरुलाई पोखरेलले मन्त्री बनाएका हुन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा पाण्डे, यादव र रायमाझीको पनि हस्ताक्षर थियो । कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर आज मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।