site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शशांकले भने– देउवाजी अघि बढ्नुस् ओलीविरुद्ध संसद्‌मा फ्लोर क्रस हुन्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार नेविसंघ स्थापना दिवसको कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आफ्ना सभापति शेरबहादुर देउवालाई हौस्याउने प्रयास गरे । कांग्रेस केन्द्रीय समिति बैठकबाट गत चैत २० मै प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छ भने वर्तमान सरकारको विकल्प खोज्न अग्रसरता लिने पनि निर्णय गरेको छ । 

तर, पार्टीको केन्द्रीय समितिबाट यस्तो निर्णय गरेका सभापति शेरबहादुर देउवाले त्यो अग्रसरता भने लिएका छैनन् । २७ चैतमा माओवादी केन्द्र र जनता समाजवादीलाई निवासमै डाकेर छलफल गरेका देउवा त्यसयता राजनीतिक छलफलमा समेत क्रियाशीलता देखाएका छैनन् । बरु उनले भने, “सरकार बहुमतमै रहेकाले तत्काल विकल्प सम्भव छैन ।” 

यस्तै भनाइका कारण देउवाले ओली सरकारको निरन्तरता चाहेको टिप्पणी भइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसको जवाफमा देउवाले आफूले ओली सरकारको विकल्प चाहेको भए पनि सम्भव नभएको स्पष्टीकरण दिएका छन् ।

“मैले ओलीलाई हटाउन चाहेको छैन भनिँदैछ । चाहेको छु नि किन नचाहनु मैले ?,” आरोप लगाउनेलाई प्रश्न गर्दै देउवाले भने, “तर स्योर सट हु्नुपर्छ, स्योर सट है ! यसका विषयमा सल्लाह त हुँदैछ । तर अहिले नै केही हुने अवस्था छैन ।” उनले प्रचण्डले समर्थन फिर्ता नलिएको र मधेसवादी दल ओलीलाई समर्थन गर्न तयार भएकाले त्यो सम्भव नभएको बताएका छन् । 
सभापति देउवाले यही कुरा पटक पटक दोहोर्‍याउँदै आएका छन् । तर, महामन्त्री शशांकले भने यसका वाबजुत पनि यो सरकार विस्थापनको संकल्प लिन सभापति देउवालाई आग्रह गरेका छन् । उनले ओलीविरुद्ध उनकै पार्टीबाट संसदमा ‘फ्लोर क्रस’ हुने दाबी गर्दै सभापति देउवालई अघि बढ्न आग्रह गरेका हुन् । 

Global Ime bank

“म यही मञ्चबाट हाम्रो श्रद्धेय सभापतिजीलाई आग्रह गर्नु चाहन्छु कि शेरबहादुरजीले के संकल्प गर्नुपर्‍यो भने हामीले सरकारलाई अपदस्त गर्नैपर्छ,” शशांकले भने, “यो सरकार भयो र चुनाव गरायो भने हामीलाई समाप्त पार्ने प्रयास हुन्छ । हामीलाई धेरै ठूलो क्षति हुन्छ ।” 

उनले सभापतिको विश्लेषण सीधा हिसावले सही भए पनि ओलीविरुद्धको आक्रोस उनकै पार्टीभित्र धेरै रहेको दाबी गरे ।

“सभापतिजी भन्दै हुनुहुन्छ, प्रचण्ड र हामीले मात्र सरकार बन्दैन । तर, यो सरकारको विकल्पका लागि फ्लोर क्रसिङ हुन्छ । छ नम्बर प्रदेशमा देखिसकेको छ –फ्लोर क्रसिङ कसरी हुन्छ भनेर,” शशांकले भने, “यहाँ पनि माधव नेपाल, झलनाथ खनाल पक्षका मान्छेहरु छन् । उनीहरुले फ्लोर क्रस गर्छन् र हाम्रो नेतृत्वमा सरकार बन्न सक्छ ।”

शशांकले देशको हितका लागि पनि ओली सरकार राख्नु उचिन नहुने बताए । 

“यहाँ मान्छेलाई खाने लाउने छैन, उहाँ दशकौँपछिको पानी जहाज र रेलको सपनामा भुलाउने प्रयास गर्दै हुनुहुन्छ । जनतालाई यसरी धोका दिएर सरकार संचालन हुन्छ ?,” प्रश्न गर्दै शशांकले भने, “उहाँ झुठा आश्वासन दिएर सत्ता चलाइ रहनुभएको छ ।” 
उनले झुठा आश्वासनले देशलाई थप दुर्घटनामा लैजाने र जनतालाई निराशामा पुर्‍याउने भन्दै सरकारको विकल्प अनिवार्य भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC