site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवाको विश्लेषण : ओली भारतकै शरणमा पुगे 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली भारतको शरणमा पुगेको  आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा देउवाले भारत विरोधी नाराबाट चुनाव जितेको ओली अहिले भारतकै शरणमा गएर टिकिरहेको बताए । 

“हिजो राष्ट्रवादी नाराबाट जितेका ओली अहिले भारतको टाङमुनी छिरेका छन्, कहाँ गयो उनको राष्ट्रवाद ?,” देउवाले भने, “यिनीहरु राष्ट्रिवादी हैनन् अवसरावादी हुन् ।” 

उनले कम्युनिष्टहरु नक्कली राष्ट्रवादी भएको भन्दै उनीहरुका झुठा नारामा जनता अब फस्नु नहुने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

देउवाले ओली सरकारको विकल्प आवश्यक भए पनि तत्काल सम्भव नदेखिएको बताए । “राजनीति भनेको सम्भावनाको खेल हो । सम्भावनाहीन भन्ने कुरा केही पनि छैन,” देउवाले भने, “तर, सरकारको विस्थापन तत्काल सहज छैन ।” 

उनले मधेसवादीले ओलीलाई नै समर्थन गर्न खोजिरहेको भन्दै माओवादीले पनि समर्थएन फिर्ता नलिदा समस्या भएको बताए ।

Global Ime bank

ओलीलाई हटाउन देउवाले नचाहेको भन्ने आरोपपबाट आक्रोसित देखिएका देउवाले राजननीतिमा धैर्यता पनि आवश्यक हुने बताए ।

“ओलीलाई हटाउन चाहेको छैन भनिँदैछ । चाहेको छु नि किन नचाहनु मैले ?,” आरोप लगाउनेलाई प्रश्न गर्दै देउवाले भने, “तर स्योर सट हु्नुपर्छ स्योर सट है ! यसका विषयमा सल्लाह त हुँदैछ । तर अहिले नै केही हुने अवस्था छैन ।” 

आफूले झुट नबोलेको बताएका देउवाले ओली सरकार टिकाउने आफ्नो मनसाय नरहेको दोहोर्याए । 

“मलाई झुट बोल्नु छैन, प्रचण्डले सरकारको समर्थन  फिर्ता लिएको छैन । प्रचण्डले फिर्ता लिएपनि मधेसी पार्टीले ओलीलाई सपोर्ट गर्न खोजिरहेका छन्,” देउवाले भने, “राजनीतिमा धैर्यता जरुरी हुन्छ । अहिले नै सबै थोक गरौ भनेर सम्भव नहुन सक्छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC