site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालले हर्कत देखाए, थप कारबाही हुन्छ : केपी ओली 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहितका नेताहरुलाई कारबाही गर्ने बताएका छन् ।

सोमबारदेखि सुरु केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“माधव नेपालले इतिहासमै पहिलोपटक अलोकतान्त्रिक, गैर संसदीय, अराजक हर्कत गरेका छन्,” ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “प्रचण्डको पाउमा एमाले पार्टी चढाउने ? कांग्रेसलगायत गैरकम्युनिष्टको नेतृत्वमा सरकार बनाउन हामी फ्लोर क्रस गर्छौँ भन्दै रोदन गरेका छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टीविरुद्ध यस्तो घातक कदम चाल्नेलाई कारबाही गर्ने बताएका हुन् ।

“कलंकको टीका केपी ओलीले लगाउनेछन् भनेर माधव नेपाल र प्रचण्डले भन्न भ्याएछन्,” ओलीको भनाइ थियो, “प्रचण्डको दुईमुखे प्रवृत्तिले समस्या आएको हो । एकातिर देशभक्तिको कुरा गर्ने अर्कोतर्फ आपराधिक र भ्रष्टाचार गर्ने ।”

Global Ime bank

माधव नेपाल र प्रचण्डलाई अब जनताले धुलो चटाउने बताए । 

“पत्रकार महासंघमा चुनाव जितेर केपी ओलीलाई धुलो चटाइयो भनेछन्,” ओलीके भनाई थियो,” उनले भने, “त्यहाँ जितेर के उपलब्धि भयो मैले बुझ्न सकिन । चार पार्टी मिलेर होइन एक एक गरेर चुनाव लडौँ के हुन्छ त्यहीँ देखिन्छ ।”

चुनावमा नजित्ने र चुनावपछि गठबन्धन गर्न कोही आउने नदेखेर अहिले प्रचण्ड छटपटिएको उनको टिप्पणी थियो ।
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC