बाह्रखरी
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
देउवा र पौडेलविनै कांग्रेस पदाधिकारी बैठक
बाह्रखरी - आइतबार, चैत २९, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल विना नै बसेको छ । पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलको अनुपस्थितिमा सानेपामा बसेको बैठकले महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता छानविनका विषयमा छलफल गरेको छ । 

उपभासपति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको बैठकले महाधिवेशन बाहेकका विषयमा छलफल नगरेको सहमहामन्त्री डा. प्रकाशरण महतले जानकारी दिए । 

Rohto Landing

Agani Group

“सभापति र वरिष्ठ नेताको अनुपस्थितिमा महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यताको विषयमा छलफल गरेको छ,” सहमहामन्त्री डा. महतले भने, “कार्यतालिका नयाँ बनाएर महाधिवेशन व्यवस्थित गर्ने र क्रियाशील सदस्यता समयमा पुरा गर्ने तथा क्रियाशील सदस्यता पनि चाँडो टुंग्याउने विषयमा छलफल भएको छ ।” तर दुवै विषयमा कुनै टुंगोमा नपुगेको उनले‍ बताए । 

पदाधिकारी बैठक दोस्रो तहका नेताहरूबाट टुंग्याएर अन्तिममा निर्णयका लागि मात्र बैठक बस्ने समझदारीपछि नेता पौडेल तनहुँ गएका छन् ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
आइतबार, चैत २९, २०७७ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्