काठमाडौं । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ । पहिलो संस्करणको प्रतियोगिताको फाइनल खेल आज हुन लागेको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको फाइनल खेल दिउँसो ११ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुबै टोली उपाधि आफ्नो पक्षमा पार्ने योजनामा छन् ।
सुदूपश्चिम प्रदेश आजको खेलमा एपीएफलाई हराउँदै समूह चरणको अघिल्लो खेलमा ब्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।
एपीएफ प्रतियोगितामा आजसम्म अपराजित छ । प्रतियोगितामा ४ खेल खेल्दै ८ अंक जोडेको एपीएफ अपराजित हुँदै फाइनलमा पुगेको हो ।
यता, सुदूरपश्चिम लिगको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोडेको थियो ।