site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पुलिसलाई हराउँदै न्यू डायमण्ड शीर्ष स्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पुलिस क्लबलाई पराजित गर्दै न्यू डायमण्ड क्लब पाँचौ एनभीए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ शीर्ष स्थानमा उक्लेको छ । 

मंगलबार भएको खेलमा डायमण्डले पुलिसलाई २५।२२, २५।२२, २५।१६ को सोझो सेटमा पराजित गरेको हो । 

यसका साथै डायमण्ड ४ खेलबाट कुल १० अंकका साथ शीर्ष स्थानमा उक्लन सफल भएको हो । एपीएफ क्लबको पनि समान १० अंक रहेता पनि सेट अन्तरका कारण एपिएफ दोश्रो स्थानमा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आजनै भएको खेलमा एपीएफले भरतपुर मेट्रो क्लबलाई २५।१३, २५।७, २५।९ को सोझो सेटमा पराजित गरेको हो ।

एपीएफको पनि ४ खेलबाट १० अंक छ । यस्तै तेश्रो स्थानमा ८ अंकका साथ त्रिभुवन आर्मी क्लब र ८ अंकमै रहेको नेपाल पुलिस क्लब सेट अन्तरका कारण चौथो स्थानमा रहेको छ । 

Global Ime bank

दशरथ रङ्गशाला कभर्डहलमा भएको प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लबले जित निकालेको छ ।  पुलिसले एपीएफमाथि पहिलो र दोश्रो सेट २५।२१, २५।२३ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको पुलिस तेश्रो र चौथो सेट २० । २५, १७ । २५ ले एपीएफलाई सुम्पन पुग्यो । 

पाँचौ तथा अन्तिम सेटमा १५ । १३ अंकले जित हात पार्दै २ अंक जोड्न पुग्यो । एपिएफले १ अंक जोड्यो । पुलिसको ५ खेलबाट ९ अंक रहेको छ ।

त्यस्तै हारका बावजुत एपीएफको १० अंक भएको छ । यस्तै अर्को खेलमा टिपटप हेल्प नेपाल क्लबले त्रिभुवन आर्मी क्लबलाई २५। १७, २५ । १९, २५ ।१६ ले पराजित गर्‍यो । सोझो सेटमा पराजित गरेको हेल्पले आफ्नो अंक तालिकामा महत्वपूर्ण ३ अंक जोड्दै १५ अंकका साथ शीर्ष स्थान कायमै राखेको छ ।

प्रतियोगितामा लिगमा शीर्ष दुई स्थानमा रहेका टिम उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC