बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
'अविश्वास प्रस्तावको सुइँको पाएपछि' लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
Godraj nepal
Godraj nepal
बाह्रखरी - सोमबार, चैत २३, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

दाङ । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न प्रदेशप्रमुख धर्मनाथ यादवलाई सिफारिस गरेको हो ।

सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै मंगलबार मध्यरातिबाट बैठक अन्त्य हुने भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिलेर अविश्वासको प्रस्ताव पेस गर्न प्रदेश सांसदहरूले हस्ताक्षर संकलन थालेका थिए । त्यो चाल थाहा पाएपछि चलाखीपूर्वक प्रदेश सरकारले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक प्रदेश सांसदले दाबी गरे ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्