बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
स्वस्तिश्री गुरुकुलको हिटिङ पौडी पोखरी
Godraj nepal
Godraj nepal
बाह्रखरी - बिहीबार, चैत १९, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । सानो भर्‍याङस्थित स्वस्तिश्री गुरुकुलले हिटिङ पौडी पोखरी सञ्चालनमा ल्याउने भएको छ । स्वस्तिश्रीका अध्यक्ष रामकृष्ण चित्रकारले अन्तर्राष्ट्रिय स्तरको हिटिङ पौडी पोखरीको शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले औपचारिक उद्घाटन गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

विद्यालय हातामा पौडी पोखरी बाहेक फुटसल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, स्केटिङ, कराते, जिम हलका संरचना पनि रहेको स्वस्तिश्रीका प्राचार्य डा. हिमलाल घिमिरेले जानकारी दिए ।

अध्यक्ष चित्रकारले विद्यालयमा रहेका खेलकुदका संरचनालाई सरोकारवालालाई आवश्यक परेको खण्डमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले निजी स्तरबाट खेलकुदका स्तरीय पूर्वाधार निर्माण हुनु सकारात्मक पक्ष भएको बताउदै यस्ले भविष्मा देशलाई योगदान दिने खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्