site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्ध उजागर’ 
तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउनुले दुई देशबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चीन सरकारद्वारा नेपाल सरकारलाई अनुदानस्वरुप प्रदान गरिएको कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताएका हुन् ।

Agni Group

प्राप्त सहयोग कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी ढंगले अगाडि बढ्नको निम्ति महत्वपूर्ण हुने पनि उनले बताए । “कोभिड–१९ महामारीका विरुद्धको हाम्रो लगानी, त्यसलाई सफलतापूर्वक अगाडि लैजानका लागि, अझ प्रभावकारी ढंगले अगाडि बढाउनको निम्ति यो एउटा महत्वपूर्ण सहयोगको रुपमा रहनेछ । नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडि बढाएको छ । यसले अझ थप बल पुर्‍याएको छ,” उनले भने ।

चीनले कोभिड–१९ विरुद्धको आठ लाख डोज खोप नेपाल सरकारलाई उपलब्ध गराएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई खोप हस्तान्तरण गरेकी हुन् ।

Global Ime bank

प्रधानमन्त्री ओलीले अनुदानको अलावा खोप खरिद गर्ने व्यवस्था मिलाउँदै गरिएको बताए । उनले भारत र चीन दुवै देशबाट ल्याइएको खोपहरु प्रभावकारी रहेको पनि बताए । उनले भने, “दुईवटै भ्याक्सिन प्रभावकारी छन् । तर, आ–आफ्नै डोज गर्नुपर्छ । कुनै प्रकारको हिच्किचाहट हुनुपर्ने, अन्योलमा पर्नुपर्ने आवश्यकता छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।”

उनले कोभिड–१९ महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा गर्दै नेपाल र चीनको नीति समान रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा चिनियाँ राजदूत यान्छीले कोभिड–१९ विरुद्ध लड्नको लागि चीन सधैँ नेपालको साथमा रहेको बताइन् । विगतमा पनि नेपाललाई चीन सरकारको सहयोग रहेको र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पनि सहयोग रहने उनले स्पष्ट पारिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC