site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कोभिड–१९ विरूद्धको खोप र प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई थप साढे ८ अर्ब दिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले आज नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड–१९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा)मार्फत ७.५ करोड अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैयाँ) बराबरको वित्तीय सहयोग अनुमोदन गरेको छ ।

यस वित्तीय सहयोगद्वारा समतामूलक वितरण योजनाको माध्यमबाट कम्तीमा एकतिहाइ जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्न सकिने अपेक्षा गरिएको छ । “यस महामारीले हाम्रासामु विशाल चुनौती र अनिश्चित वातावरण खडा गरेको छ, विशेषगरी खोपको खरिद, आपूर्ति र वितरणको सन्दर्भमा,” मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले भने, “कम्तीमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि हामीले चालेको यस शीघ्र कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड–१९ आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मूल आयोजना तथा सरकारको समग्र कोभिड–१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो । यस वित्त सहयोगको अधिकांश हिस्सा (९०प्रतिशत) कोभिड–१९ विरुद्धका खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्याबाहेकका अन्य समूहमा खोप विस्तार गर्नमा परिचालित हुनेछ । बाँकी रकमले कोभिड–१९ खोपका पहलहरूलाई सघाउन र कोभिड–१९ सँग सम्बन्धित आपूर्तिहरू जस्तै, निदान परीक्षणहरू, प्रयोगशाला उपकरण र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्‍याइ नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न सहयोग गर्नेछ ।

साथै, यस अतिरिक्त वित्तपोषणले सामुदायिक संलग्नता र जोखिम संचारमा पनि सहयोग पुर्‍याउनेछ र हाल उपलब्ध डिजिटल प्रविधिमा आधारित महामारीसम्बन्धी तथ्यांक, निगरानी तथा अनुगमन प्रणालीलाईपनि सुदृढ तुल्याउनेछ ।

Global Ime bank

“यो सहयोग नेपाली जनताका लागि शारीरिक स्वास्थ्य र नेपाल राष्ट्रका लागि आर्थिक स्वास्थ्यको रक्षा गर्न निकै महत्वपूर्ण हुनेछ,” विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्यासम्बन्धी विश्वव्यापी अभ्यासअन्तर्गत दक्षिण एसियाका लागि अभ्यास प्रबन्धक गेल रिचर्डसनले भने, “कोभिड–१९ को अनुमोदित खोपको पहुँच सबैभन्दा जोखिममा रहेका समुदायमा द्रुत र न्यायसंगत रूपमा विस्तार गर्नाले जनसंख्याव्यापी प्रतिरक्षा सुनिश्चित हुन्छ, जुन कोभिड–१९ को विनाशकारी प्रभावबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि मुख्य सर्त हो ।”

नेपालको लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड–१९ खोप सहयोगका लागि पहिलो चरणमा स्वीकृत भएका तीन परियोजनामध्ये एक हो । आजै विश्व बैंकको बोर्डले आईडामार्फत बंगलादेशका लागि ५० करोड अमेरिकी डलर र अफगानिस्तानका लागि ६ करोड अमेरिकी डलर (अफगानिस्तान रिकन्स्ट्रक्सन ट्रष्ट फन्डको ५ करोड डलर र इनर्जी म्यानेजमेन्ट सहयोग कार्यक्रमको ३० लाख डलर सहयोगसहित) अनुमोदित गरेको छ ।

यस वित्तीय सहयोगका अतिरिक्त विश्व बैंकले दक्षिण एसियाका देशहरूमा न्यायसंगत, निष्पक्ष र समतामूलक खोप वितरणको रणनीति डिजाइन र कार्यान्वयनका विविध पक्षहरूमा प्राविधिक सहयोग र ज्ञान साझेदारी कार्यशालाहरू पनि प्रदान गर्दै छ ।

विकासशील देशहरूका लागि आर्थिक कोष र ज्ञानको सबैभन्दा ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशील देशहरूलाई यस महामारीका स्वास्थ्यसम्बन्धी, सामाजिक र आर्थिक असरहरूविरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ । यसअन्तर्गत कम तथा मध्यम आय भएका देशहरूमा कोभिड–१९ विरुद्धका खोपहरूको खरिद, वितरण, परीक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि विनियोजित १२ अर्ब डलर रकमसमेत पर्छ । यस वित्तीय सहयोग विश्व बैंक समूहस्तरीय बृहत् कोभिड–१९ प्रतिकार्यअन्तर्गत पर्छ । जसले संसारभरका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न, अति विपन्न घरधुरीहरूलई सहयोग गर्न र सबैभन्दा मारमा परेका मानिसका लागि जीविकोपार्जन तथा रोजगारीका अवसरहरू कायम राख्नका लागि सहयोगी वातावरणको सिर्जना गर्न सहयोग गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC