site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स नपाउने, उपत्यकाबाहिर थपिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर (धितोपत्र दलाल व्यवसायी) को लाइसेन्स थप्ने गृहकार्य गरेको छ । 

बोर्डले उपत्यका बाहिरको लागि लक्षित गर्दै नयाँ ब्रोकर थप्ने गृहकार्य भइरहेको बोर्ड अध्यक्ष भिष्म ढुङ्गानाले बताए । 

“ब्रोकर लाइसेन्स थप गर्ने विषमा आन्तरिक गृहकार्य भइरहेको छ, कुनै निर्णयमा पुगेका छैनौँ,” ढुङ्गानाले बाह्रखरीसँग भने, “काठमाडौं उपत्यकाकाभन्दा बाहिर सबै प्रदेशमा थप्नुपर्छ कि भन्ने हो, तर प्रादेशिक संरचनामा नै जाने भन्ने छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंमा अहिले नै पर्याप्त संख्यामा ब्रोकर भएकोले काठमाडौंमा भने नथप्ने उनले बताए ।  यद्यपी आवश्यकता हेरेर काठमाडौंबाहिर ब्रोकर लाइसेन्स थप हुने उनले बताए । 

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स नदिनेमा भने आफु स्पस्ट रहेको उनले बताए । 

Global Ime bank

“बैंकको काम बैंकिङ्ग गर्ने हो, सबैतिर एउटैले गर्छु भन्ने हैन,” उनले भने, “बैंकहरुले बैंकको काम गर्न (लाइसेन्स) छोडेर आउने हो भने दिन सकिन्छ ।”

नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष डा. रेवतबहादुर कार्कीले बनाएको एक अध्ययन समितिले भने बैंकको सहायक कम्पनीलाई र क्षेत्रीय लेवलमा ब्रोकर लाइसेन्स दिने निर्णय नै भएको थियो । रेवतबहादुर कार्कीको पालामा बैंकका सहायक कम्पनी र क्षेत्रीय लेवलमा ब्रोकर लाइसेनस दिनुपर्ने बोर्ड सञ्चालक समितिमा निर्णय भएर नेप्सेलाई निर्देशन नै दिएको बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरी बताउँछन् । 

सोहीअनुसार केही बैंकले सहायक कम्पनी दर्ता गरेर नेपाल राष्ट्र बैंकको स्वीकृति अनुमति लिएर ब्रोकर लाइसेन्सको लागि नेप्सेमा आवेदन नै दिएका थिए । 

१२ वटा बैंकको सहायक कम्पनीले ब्रोकर लाइसेन्सको अनुमति माग गर्दै नेप्सेमा आवेदन दिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । 

तर, नेप्सेले ब्रोकर लाइसेन्स दिने प्रक्रिया अगाडि नबढाउँदै प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स लक्षित गर्दै पुँजीबजार तथा मुद्राबजार अध्ययन उपसमिति गठन गर्‍यो ।

अर्थसमितिले उपसमिति गठन गरेसँगै बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया रोकिएको थियो । 

३ महिना समय दिएको उक्त उपसमितिले करिब १ वर्ष समय लगाएर आफ्नो प्रतिवेदन पेश गर्‍यो ।

उक्त प्रतिवेदनमा बैंकको सहायक कम्पनीलाई लाइसेन्स दिनुपूर्व केही इन्साइडर ट्रेडिङ नहुने ग्यारेन्टीलगायतका केही कुरा स्पस्ट हुनुपर्ने भनेको थियो ।

यही बीचमा बोर्डमा पनि नयाँ अध्यक्ष आएको र उनले बैंकको सहायक कम्पनीलाई लाइसेन्स दिन नसकिने बताएपछि उक्त प्रक्रिया अहिले पनि रोकिएको छ । 

“१२ वटा बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स माग गर्दै नेप्सेमा आवेदन दिएका  थिए,” नेप्सेका प्रवक्ता पराजुली भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC