site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काष्ठमण्डप पुनर्निर्माणमा पुनः काठ अभाव 
तस्बिर : कविराज कार्की/बाह्रखरी ।

काठमाडौं । विनाशकारी ‘गोरखा भूकम्प’ले भत्काएको काष्ठमण्डप पुनर्निर्माणमा फेरि काठको अभाव भएको छ । तोकिएको लम्बाइको काठ नहुँदा पुनर्निर्माणमा समस्या आएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राकेश शाक्य पुनर्निर्माणका लागि ३२ देखि ५० फिट लामा काठ चाहिने बताउँछन् । सरकारको नीतिअनुसार अहिले ११ फिटसम्मको मात्रै काठ पाइने हुनाले पुनर्निर्माणमा समस्या आएको उनको भनाइ छ ।

‘‘दुईवटा काठ बीचमा गाँस्दा सम्पदा बलियो हुँदैन,” उनले भने, ‘‘समितिले आगामी वैशाखसम्ममा काम सकाउने लक्ष्य राखेको छ । काष्ठमण्डप पुनर्निर्माण गर्न १९ करोड लाग्ने अनुमान गरेका थियौँ । १२ करोडमा पुनर्निर्माण हुने भएको छ ।”

काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई १० करोड ५० लाख रुपैयाँ बजेट निकासा गरिसकेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । काष्ठमण्डप पुनर्निर्माणमा पटक–पटक काठ अभावको समस्या हुँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro