अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फस्र्योट विनियमावली २०७२’ बमोजिम आइक्यासले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।
गत साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै आफ्नो सेवा सेवाग्राहीमाझ ल्याउने भएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७ १७:५६
प्रतिक्रिया दिनुहोस्