बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
आज शिवरात्रि
बाह्रखरी - कुलचन्द्र वाग्ले बिहीबार, फागुन २७, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

आज शिवरात्रि १ कहिलेदेखि यसलाई पर्वका रूपमा मनाउने चलन चल्यो ? कहिलेसम्म चल्छ ? थाहा छैन । देवदेखि चलेको हो भने दानवसम्म अनि मानवसम्म कसरी आइपुग्यो ? पुस्तौंले अनुभव गरेको छ, घुम्दैघुम्दै हरेक वर्ष शिवरात्रि निश्चित तिथिमितिमा आइपुगेको छ । यस वर्ष पनि शिवरात्रि आफ्नै धूनमा घुमिफिरी आइसकेछ । ‘मस्ती’ बुझाउने वा सनातन व्यवहारमा देखिने यो शिवको रातमा नेपालले धेरै जटील विषया समीक्षा खोजेको छ । 
    
अनुभव हुन्छ, विचार गर्दा हरेक वर्षको शिवरात्रिर्पिछ देशको अवस्थालाई सम्झिँदा अँध्यारो रात बढ्दै बढ्दै गएजस्तै लाग्छ । सुरुमै क्षमायाचना – शिवरात्रि अध्ययनको एक महत्त्वपूर्ण उत्कृष्ट विषय हो । शिवरात्रि ईश्वरीय वा देव कल्पना र विश्वास हो जसलाई समर्पण र आस्था पनि भन्न मिल्ला । धार्मिक आस्था यहीँ प्रतिविम्बित छ । आस्थाको प्रतिविम्ब । 

    माथिका दुई अनुच्छेदले धर्म र राजनीतिको साइनो खोजेको हो , हरेक वर्ष आउने निश्चित यो दिन पशुपतिनाथको दृश्ययात्रा सहज सम्भव छैन । घुम्न वा त्यहाँको व्यवस्थापन कौशल मापन परपरसम्म गर्न अघिल्लो दिन नै वरपर श्लेषमान्तकसम्मको घुमाइमा जोगी, भोगी र जीवन, मृत्यु सबैसँग एकसाथ सात्क्षात्कार गर्र्न सकिन्छ । 

    यही लत, प्रत्येक मानिसमा आफ्नो लत हुन्छ । पंक्ति कोर्दै गर्दा शिव पार्वतीको क्रीडा गर्ने लत लागेको यहाँ यस वर्ष पनि नयाँ अनुभूति दिन पीडित भयो । पीडित वाग्मती नदीले बनायो । वाग्मती यहाँ दलदले हिलो मात्र छ । पानी वा नदी हिलोमा खोज्नुपर्ने । केही वर्षअघि अलिमाथि गुह्यश्वरीमा नुहाएको पानी कसले सोसेछ ? दुर्भाग्य १ यही हो, नेपालको राजनीतिक चरित्र, धार्मिक दृश्य । पशुपतिको प्रत्येक शिवरात्रि नयाँ प्रश्नको जन्म पनि हो, यसपटक धर्म, आध्यात्म र राजनीतिसँग तिम्ल्याहा जिज्ञासा जन्मियो ।   

Agani Group

    धर्म र राजनीतिको साइनोले मात्रै किन ? समीक्षा खोजेर थपिँदै, थुप्रिँदै गएका विषयले नेपालको भकारी अटेसमटेस छ । तोकेर लेख्दा आरोप लगाएजस्तो हुन्छ, खुलेर भन्दा अदालतमा मुद्दा पर्ला भन्ने डर । जे होस्, राजनीतिले बाटो बटारेकै छ, धर्मले बाटो साँघुरो पारेको छ । हिजो के थियो ? आज यही हो । कुनै आग्रह होइन, दृश्य हो । 

    यही आत्मा हो, यही चिन्तन र यही विवेक, जो मानिससँग मात्रै छ । यसलाई त्यही विशालतामा जान दिऊँ त दुनियाँ कस्तो रंगीन देखिन्छ ? यही फराकिलो दृश्यमा जहाँ भारतको एक अंश देखिन्छ त्यहाँ नेपाल बोल्छ र प्रतिनिधित्व नेतृत्व गर्छ । हिन्दु परम्पराको एक हिस्सा यहाँ उद्घाटित हुन्छ । शिव के हुन् ? जे हुन् तर यो आकर्षण, विश्वास, समर्पण र आकर्षण १ छ नि बिछट्टै । शिवरात्रिमा पशुपतिनाथमा प्रतिविम्बित छ । 

sarbottam cement

    पशुपति जोगी हुन् कि भोगी तर कति विशाल र फराकिलो पशुपतिनाथ ? अट्न खोज्नेलाई समेट्ने । उनमा सञ्कुचन छैन, तेरोमेरोको लेस भेटिँदैन । न जात,न भात । न गरीब, न धनी । शून्यको समानता कि समानताको शून्य पशुपति ?  आस्थाले बाँचेका छन् पशुपति शिव । धर्मले सिकाएको यही हो । धर्मको मूर्त आकृति जे होस् वा बनाइएको होस् । धर्मको उदात्त बाटो अहिले कहाँ छ ? धर्ममा राजनीतिको ‘कक्टेल’ छ । क्षमा सत्य यही हो । रेखा मान्छेले खिचेको हो भगवानले कोरेको होइन ।  

    हो, धर्म भनियो जेलाई त्यो मान्छे सभ्यताको प्रथम प्रहर हुनुपर्छ । गुफाबाट निस्किएको नांगो मान्छेले सामाजिक व्यवस्थाको कल्पना गर्यो सम्भव छ, त्यतिबेलै धर्म चिन्तनको प्रारम्भ गर्यो । अरुको कुरा पछि । मान्छे भरोसाविना बाँच्नै सक्दैन, भरोसारहित मान्छे नै हुँदैन । भरोसा खोज्दै गर्दा उसले अदृश्यमा भगवान भेट्यो, धर्मको बाटो खन्यो । फैलिँदै चिन्तनको फाँटमा अध्यात्म चिन्यो । 

    विकासको चरणमा समाजलाई राजनीतिले निर्देशित गर्यो । हिजो परलोकको भय र नैतिक धरातलमा धर्मले शासन वा समाजलाई निर्देश गर्यो । अहिले राजनीतिले त्यही ठाउँ लिएको छ तर अपरिहार्य तत्त्व नैतिकता हरण गरेर । अमिल्दो उखान ‘पशुपतिको जात्रा,सिद्राको व्यापार’ भनेजस्तै त्रिनेत्र प्रतीक रुद्राक्ष जपमा राजनीति मन्त्र उद्बोधित गर्न खोजिएको छ । धार्मिक विवेकले यो सरासर पाप हो । 

    धर्म के हो ? तर आध्यात्मिकता धेरै फराकिलो छ, जति पुस्ताले हिँडे पनि अनन्त नै अनन्त । अनन्तलाई अन्त्यमा बिलाउन चाहने को ? के त्यो सम्भव छ ? तर, सबैलाई अन्त्यमा दाब्न खोज्ने अरु को वा केही होइन, त्यो धर्मको सञ्कुचनमा आध्यात्मिकताको जादूगरी हो । राजनीतिले शोषण गर्न खोजेको धर्मको शक्ति मापन र दुरुपयोग एकैसाथ ? आध्यात्मिकताको शोषण । 

    आध्यात्मिकता प्राकृतिक हो, धर्म अपनत्व । बुझाइमा गाम्भीर्य छ, हुनुपर्छ । राजनीतिमा पनि आध्यात्मिकता हुन्छ र धर्म पनि हुन्छ । फरक धर्म, समाजको दर्शन लक्षित हुन्छ राजनीतिमा तर आध्यात्मिकतामा समान । पशुपतिनाथमा भने धर्म, आध्यात्म घनीभूत अन्योन्याश्रित छ कि ? प्रयोगले पशुपति किनार वाग्मती नदी फोहर हिलोमा समेत आस्थाले पवित्र छ । के राजनीति यस्तै कल्पनाको सिर्जना हो ? हुनसक्छ १ आस्थाले पवित्र भए पनि त्यो गन्धे हिलोमा चाहिँ मुन्टो पखाल्न कोही गएको भेटिएन । किन ? राजनीतिले बुझ्नु पर्ने हो । 

    सिद्धान्त, समृद्धि, सुख र समानता राजनीतिमा जे भनियोस् त्यो मीठो गीतको धुनमा बाटो काट्ने मेसो भएको छ । बाटो धर्मको पनि बिगारिएको छ । राजनीतिको बाटो बिराउने जस्तै धर्मको बाटो बिगार्नेहरु पनि भए होलान् । त्यसैले त मान्छे मान्छेभित्रै चिराचिरा छ । सान्दर्भिक हुन्छ वा हुँदैन ? तीतो वा मिठो जे होस् – हिन्दीका कवि हरिवंशराय वच्चनले मधुशालामा त्यसै भनेका होइनन् ‘वैर कराते मन्दिर मस्जिद, मेल कराती मधुशाला ।’ 

    धर्म मानिसको आस्थामा जीवित छ । प्रकृति पुरुष अर्थात् शिव लिंग गाडिएको पार्वती प्रस्तरमा मानिसको आस्था जीवन्त छ । पशुपतिनाथ यही प्रतीक, शिवरात्रिमा जुरुक्क उठेको छ । पशुपतिले मान्छेको आस्था खोजेको छ, भरोसा त्यहाँ छ । राजनीतिले बचाउँछ भन्ने पशुपतिले न जन्मदा सोचेका हुन् न अहिले खोजेका होलान् ? उनी बाँच्ने मानिसको मनमा हो । ठेक्कै लिन खोज्ने राजनीतिलाई भने यो दुस्साध्य छ । 

    धेरै विषय जटिल हुदै समीक्षा  खोजेको यस बेला धर्म र राजनीतिको साइनो पनि कतै मेल खाएको भेटिँदैन । तर, राजनीतिको बैसाखी धर्मलाई बनाउने लाभदायी स्वार्थले मानिस त भिडायौ, पशुपति भगवानलाई पनि भिडाउन खोजिँदैछ । धर्मको ‘ग्रिप’मा मानिस छ कि, मानिसको ‘ग्रिप’मा धर्म ? यो विषय पनि समीक्षाको ज्वलन्त साक्ष्य हो । राज्यको धर्म कुन् वा के हो ? समानता कि एकत्व ? उत्तर दिन पशुपति सापेक्ष छैनन्, निरपेक्ष छन् । अन्यथा उत्तर दिँदा हुन् चिच्याएर । 

    धर्मलाई मानिसको ‘म‘भित्र बाँच्न देऊ । आध्यात्मिकता सबैमा सदाबहार हो । चिन्नु नचिन्नु आफैँमा निर्भर छ । राजनीति राजनीतिले नै गर्ने हो, धर्मले होइन । धर्मले आफ्नो कर्तव्य तय गरेकै छ । बिगार्ने मान्छे हो । धर्म परम्परामा बाँधिएको आस्था हो । राज्य यी सबैको समान, समुच्च प्रतिनिधि । धर्मको राज्य होला तर राज्यको ठेकिएको धर्म हुँदैन । भए सबैको समान ।    
    
    
              
    
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, फागुन २७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्