site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुई लघुवित्तसहित ३ कम्पनीले मागे आईपीओ निष्कासनको अनुमति 
Sarbottam CementSarbottam Cement

काठमाडौं । तीनवटा संगठित संस्था धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा पुगेका छन् । दुई लघुवित्त कम्पनी र एक हाइड्रोपावरले करिब ३३ करोडको रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् ।

फागुन २० गते आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको सयपत्री हाइड्रोपावरले नौ करोड रुपैयाँबराबरको ९ लाख कित्ता साधारण सेयर बिक्रीको अनुमति माग गरेको छ । त्यस्तै फागुन १७ गते आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको जीवन विकास लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर बिक्रीको अनुमति माग गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मनकामना स्मार्ट लघुवित्तले पनि तीन करोड ८९ लाख रुपैयाँबराबरको तीन लाख ८९ हजार कित्ता साधारण सेयर बिक्रीको अनुमति माग गर्दै फागुन १४ गते बोर्डमा आवेदन दिएको हो । मनाकामन लघुवित्त र जीवन विकास लघुवित्तको आईपीओ निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल छ भने सयपत्री हाइड्रोपावरको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल छ ।

यसबाहेक पनि अन्य १० कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएर अनुमतिको पर्खाइमा छन् । बोर्डमा आईपीओ निष्कासन अनुमतिको पाइपलाइनमा रहेका १३ कम्पनीले कुल ४ अर्ब ५६ करोड ३६ लाख ७४ हजार रुपैयाँबराबरको ४ करोड ५६ लाख ३६ हजार ७४५ कित्ता साधारण सेयर बिक्रीको अनुमति माग गरेका छन् ।

Global Ime bank

सयपत्री हाइड्रोपावर, जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तबाहेक साहस ऊर्जाले एक अर्ब ५ करोड रुपैयाँबराबरको एक करोड पाँच लाख कित्ता र सामलिङ पावर कम्पनीले १२ करोड ३० लाख रुपैयाँबराबरको १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको छ ।

यस्तै हिमालयन हाइड्रोपावरले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता, डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँबराबरको २३ लाख ८५ हजार ९२० कित्ता साधारण सेयर बिक्रीको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । मैलुङ खोला जलविद्युत् कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँबराबरको ७ लाख ३६ हजार २८६ कित्ता, मध्य भोटेकोसी जलविद्युत् कम्पनीले १ अर्ब ५० करोड रुपैयाँबराबरको १ करोड ५० लाख कित्ता, न्यादी हाइड्रोपावरले ४० करोड ५० लाख रुपैयाँबराबरको ४० लाख ५० हजार कित्ता साधारण सेयर बिक्रीको अनुमति माग गरेका छन् ।

यस्तै सीईडीबी हाइड्रोपावरले २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको २५ लाख १८ हजार २३० कित्ता र विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पनि २५ करोड रुपैयाँबराबरको २५ लाख कित्ता साधारण सेयर बिक्रीको अनुमति माग गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC