site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महिला हिंसाको कारक पुरुष 

महिला  राष्ट्रपति भएको देशमै महिलाले आफ्नो स्वतन्त्रता गुमाउनु, महिला अधिकार सुनिश्चित नहुनु, महिला अन्यायमा पर्नु पितृसत्तालाई दोषी भन्दै पुरुषलाई मात्र दोषी बनाउनु एक्काइसौं शताब्दी सुहाउँदाे हाेइन । योग्यता क्षमता र साहस  भएका र पुरातन सत्तासँग लड्न सक्ने लगनशीलता उवं इमानदार महिला नेपालमै धेरै माथि पुगेका छन् । महिला राष्ट्रपति, सभामुख, प्रधान न्यायाधीश भएका हामीले देखेकै हाे । 

त्यसो भए महिलाहरू दमनमा पर्नु ,हिंसामा पर्नु, अन्यायमा पर्नु, घरभित्रमात्र सीमित हुनु, बलात्कृत हुनु, समाजमा महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण र उनीहरूप्रति गरिने व्यवहारमा पुरुषको कुनै गल्ती, कमजोरी र दाेष छैन त ? पक्कै छ । यो सबैको पछाडि पुरुषकै दोष छ ।पुरातनपन्थी सत्ता र सोचको नै दोष छ र रहिआएको पनि छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हाम्रो देशमा फरक  संस्कृतिका  र फरक सोचका पुरुष छन् । केहीले अझै पुरातन सोच राख्छन् । महिला हक र अस्मिता हनन गरेर नारीलाई खेलौना ठानेर व्यवहार गर्ने पुरुष सत्ता समाजमा अझै पनि जिउँदै छ । तैपनि, पुरुषले महिला प्रतिगर्ने व्यवहार र हेर्ने दृष्टिकोणमा केही परिवर्तन आउँदैछ । समाज शिक्षित हुँदै छ भने बिस्तारै महिला पनि सक्षम हुँदै छन् । अन्याय अत्याचारविरुद्ध आवाज उठाउन थालिएकाे छ । 

महिलाहरू घरभित्र सीमित नभएर विभिन्न क्षेत्रमा अगाडि आउआदै छन् ।   केही शिक्षित र सक्षम पुरुषले पनि महिलालाई राम्रैसँग साथ दिएका छन्  । पुरातन सोच र प्रथाका नाममा समाजमा रहेको पुरुष सत्ताको अन्त्य नै भने भएको छैन । 

Global Ime bank

समाजमा रहेको महिला पुरुष विभेदको अन्त्य गर्नै पर्छ । त्यसको लागि महिलाले आफ्नो हक र स्वतन्त्रताका लागि लड्नै  पर्छ  । पुरुषले पनि पुरातन सोच त्यागेर महिलालाई सहयोग  गर्नुपर्छ ।


हिजो महिला घरायसी चुलो चौकीमै मात्र सीमित गराइए । नारी स्वतन्त्रतामा बन्देज लगाइयाे । आज महिला बिस्तारै शिक्षित हुँदै गए । क्षमता विकास गर्दै गए । समाज थोरै भए पनि विकसित हुँदै गयो । महिला क्षमतावान हुँदै योग्यता हासिल गर्दै पुरातन समाजसँग लड्दै गए ।

त्यसैले महिला हक अधिकारको लागि स्वतन्त्र र समावेशी समाज निर्माणमा पुरुषहरूको सोच र महिलालाई हेर्ने दृष्टिकोण  नै परिवर्तन गरी नयाँ शताब्दीमा महिलालाई पुरुष समानन  दर्जामा राख्नु नै विकसित  समाजको परिचय  हो । त्यसका लागि महिला आफैँले पनि विभिन्न परिस्थिति बुझेर सही र गलत पहिचान गरी इमानदारीसाथ पुरुष सत्ता, समाज र देशमा आफ्नो हक र अधिकारको लाग निरन्तर लड्नु जरूरी छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC