site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार–विप्लवबीच भयो दोस्रो चरणको वार्ता, भट्टराई भन्छन्– छिट्टै निष्कर्षमा पुग्छौँ
तस्बिर : राजन भट्टराईको फेसबुकबाट ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग आजै दोस्रो चरणको वार्ता गरेको छ ।

दोस्रो चरणको वार्ता विषयकेन्द्रित रहेको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । उनले आफूहरु समान धारणानजिक रहेकाले छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषयकेन्द्रित रह्यो । दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ,” उनले बुधबार फेसबुकमा लेखेका छन् ।

आजै बिहान बालुवाटारमा पहिलो चरणको वार्ता भएको थियो । सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र भट्टराई छन् भने विप्लव समूहबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने छन् । दुवै पक्षबाट मंगलबार वार्ता टोली गठन गरिएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC