site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पोखरामा ओली : ३३ करोडको भवन शिलान्यास, रंगशाला अवलोकन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदैछन । सर्वोच्चले संसद विघटन बदर नगरिदिएको भए शनिबार पोखरामा ओली पक्षीय नेता कार्यकर्ताले आमसभाको आयोजना गरेका थिए । त्यहाँ प्रधानमन्त्री आउने र सम्बोधन गर्ने कार्यतालिका थियो ।
तर, सर्वोच्चले संसद विघटन बदर गरिदिएपछी उक्त कार्यक्रम प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा परिणत भएको छ र त्यसकै लागि ओली आज पोखरा आउने भएका हुन् ।

प्रधानमन्त्री ओली जहाजमार्फत् सोमबार बिहान ११ः४०  बजे पोखरा विमानस्थल उत्रनेछन् । त्यसपछी सिधै नदिपुर जानेछन् । त्यहाँ उनले गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्नेछन् ।
उक्त भवनको लागत ३३ करोड रहेको छ ।

शिलान्यास पछि उनले पोखरा सभागृहमा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। 
त्यसपछि पोखरा रंगशालाको अवलोकन र निरिक्षण गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC