site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘संसद् पुन:स्थापनापछि सरकार झन् बलियो बन्यो’
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङले संसद् पुन:स्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् ।

नेकपा ओली समूहनिकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले संसद् विघटन हुँदा कामचलाऊ भएका प्रधानमन्त्री ओली पुन:स्थापनापछि दह्रो भएको बताएका हुन् । प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाऊ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणीसमेत गरे । उनले भने, "हिजो पुन:स्थापना नहुँदासम्म केपी ओली त केयर-टेकर हो निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के-के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाऊ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठीक थिएन यो ठीक होइन भनिराथ्यौं । अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद् पुन:स्थापित भयो प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासलगायत कुराहरु के-छ स्थिति मैले तपाईंहरुलाई बताई नै सके उहाँ त हिजोभन्दा झन् दह्रो पो हुनुभयो ।"

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभा पुन:स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्रसम्मत भएको बताउने गरेको नेम्बाङले बताए । तर अहिले पुन:स्थापित भएपछि फेरि संसद्‌मा फर्किएकाले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि प्रस्टयाए । उनले भने, "पुन:स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्रीले भन्नुभएको थियो जनतामा जाने मेरो निर्णय लोकतन्त्रसम्मत छ कानुनसम्मत छ । सर्वोच्चले त्यसै गर्छ भन्ने मेरो विश्वास छ । उहाँले भनिराख्नुभएको थियो तर पुन:स्थापित भइदिँदा अब हामी संसद्‌मा फेरि फर्किएका छौं । स्थिति भनेको यो हो । पुन:स्थापित गर्ने साथीहरुले के सोच्नुभयो थाहा छैन । तर यसले त प्रधानमन्त्री केपी ओलीलाई, हाम्रा पार्टी अध्यक्ष केपी ओलीलाई र हाम्रो पार्टीलाई चिन्ता गर्नुपर्ने कुनै कुरै छैन ।"

प्रतिनिधिसभा पुन:स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्बाङले सरकारले प्रस्तावको सामना गर्ने बताए । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्बाङले बताए ।

Global Ime bank

नेता नेम्बाङले कानुनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताए । अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको पनि उनले बताए । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमै पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको नेम्बाङको टिप्पणी थियो । "हामीले भनिराखेका छौं । नेकपामा विभाजन छैन । हामीले त्यो बोलिराखेका छौं । हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ । कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ । हाम्रा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ । हामीले कसैलाई कारबाही गरेका छैनौं । त्यसैले हामीले भनेका छौं हामी एकताको पक्षमा छौं ।"

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC