site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले गरे प्रदेश–१ का सांसदहरुसँग छलफल, प्रचण्ड–नेपालको कदम हेरेर अघि बढ्ने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफूनिकट सांसदहरुसँग छलफलमा जुटेका छन् । ओलीले प्रदेश नम्बर–१ बाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग शुक्रबार बालुवाटारमा छलफल गरेका हुन् ।

समसामयिक घटनाक्रमबारे छलफल भएको छलफलमा सहभागी सांसद विशाल भट्टराईले जानकारी दिए । करिब एक घण्टा भएको छलफलमा ओलीले अदालतको निर्णय मान्ने र फैसला कार्यान्वयन गरेर जाने जानकारी गराएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्ड–नेपाल समूह कसरी अघि बढ्छ, सोहीअनुसार प्रधानमन्त्री अघि बढ्ने भट्टराई बताउँछन् । “अविश्वासको प्रस्ताव राख्छु भन्ने, प्रधानमन्त्रीलाई हटाउँछौं भन्ने कसरी अघि बढ्छन् । त्यसैअनुसार प्रधानमन्त्री अघि बढ्नुहुन्छ,’’ उनले भने ।

अन्य प्रदेशका सांसदहरुसँग पनि ओलीले छलफल गरिरहेका छन् । वाग्मती प्रदेशका सांसादहरुलाई ओलीले शनिबार बिहान ९ बजे बालुवाटार डाकेको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC