राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीको पारिवारिक स्रोतका अनुसार गएराति अबेर जोशी घरमै बेहोस भएका थिए ।
जोशीलाई काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार सानो मस्तिष्क घात भएकाले शल्यक्रिया (अप्रेसन) गर्नुपर्नेछ । उनलाई अहिले अप्रेसन थिएटरमा लगिएको छ । अहिले जोशीको अप्रेसन चलिरहेको उनका सहयोगी सुशान्त आचार्यले बाह्रखरीलाई जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७ ११:०४
प्रतिक्रिया दिनुहोस्