site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजधानीमा अनेमसंघको विरोध प्रदर्शन (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको अखिल नेपाल महिला संघले महिला हिंसा र बलात्कारको विरोधमा राजधानीमा प्रदर्शन गरेको छ ।

अनेमसंघले प्रतिगमन, महिला हत्या, हिंसा र बलात्कारको विरोधमा आइतबार प्रदर्शन गरेको हो । शान्तिवाटिकामा जम्मा भएर महिलाहरुले नाराबाजीसहित वसन्तपुरसम्म र्‍याली गरेका थिए । नेकपा नेतृहरु अष्टलक्ष्मी शाक्य, शशि श्रेष्ठलगायतको उपस्थितिमा भएको प्रदर्शनमा महिला संघका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदर्शनमा महिला हिंसा बन्द गर, बलात्कारीलाई कडाभन्दा कडा कारबाहीको व्यवस्था गर, महिला अधिकार सुनिश्चित गरलगायतका नाराबाजी गरिएको थियो । यस्तै ‘प्रतिगमन मुर्दावाद’, ‘संविधानको रक्षा गरौँ’, ‘निर्मला पन्तको हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘बढ्दो महँगी नियन्त्रण गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरुले सूर्य चिह्‍न तथा हसियाँ हथौडा-अंकित झण्डासमेत बोकेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC