१. पृष्ठभूमि
उत्तरी गोलार्धमा शिशिर ऋतुको अन्त्यतिर सनातन धर्मावलम्बीहरूले मनाउने एक प्रमुख सांस्कृतिक पर्वको रूपमा सरस्वती पूजा गरिन्छ l माघ महिनाको शुल्क पक्षके पंचमी तिथिमा मनाइने यस पर्वलाई वसन्त पंचमी (श्री पंचमी) पनि भनिन्छ lविशेषगरी हिन्दु समुदायमा यो पर्व विधिपूर्वक मनाउने गरिन्छ l आजैका दिनबाट साना बालबालिकालाई अक्षरारम्भ पनि गराइन्छ l यो पर्व मनाउन घरघरका साथै प्राय: जसो शैक्षिक संस्थामा पनि पूजा अर्चना गर्ने चलन छ lपूजा गर्ने, पर्व मनाउने तरिकामा कतै केहि परिवर्तन भए पनि सामान्यतः यो पर्व ज्ञान/विज्ञान र विद्याकी देवी श्री सरस्वतीको पूजा अर्चना गरीविद्यावा ज्ञानविज्ञानको वर माग्ने चलन छ l यसरी यो प्रथा निरन्तर चलिरहँदा संस्कृति, रहनसहन, रीतिरिवाजको चिनारी पनि पुस्तान्तरण हुन्छ भने सांस्कृतिक पहिचान जोगिन्छ ।
नगदमा आधारित अर्थतन्त्र विकास नभएको अवस्था र वस्तु विनिमयमा आधारित व्यापार प्रणाली हुँदाको अवस्थामा नेपालको धेरैजसो मध्यपहाडी क्षेत्रमा यो दिनको भाका गरेर लेनदेनव्यवहार पनि टुंग्याउने चलन थियो l तर, अब आएर नगद प्रवाह र यसैमा आधारित आर्थिक अनि व्यापारिक कारोबारको सिलसिला विकास भइसकेको हुँदा यो चलन बिस्तारै हराउँदै गएको देखिन्छ ।
आजैका दिनहुर्केका बाच्छालाई जुवामा नारेर जोत्न सिकाउनेसधाउने चलन पनि थियो l कृषिमा प्रयोग गरिने जनावर, यन्त्र आदिमा आएको परिवर्तनले यो चलनअहिले कम हुँदैगएको छ l
२. संस्कृति र सम्पदा
मौसम र ऋतु परिवर्तनको आधारमासूर्य भूमध्य रेखाबाट मकर रेखातर्फ आउँदै गर्दा माघ महिनापछि वसन्त ऋतुको आगमन हुन लागेको महसुस हुन्छ lविशेषगरी फागुन महिना शिशिर ऋतुबाट वसन्त ऋतुतर्फको संक्रमणमा हुन्छ l हाम्रा चाड पर्व तथा सांस्कृतिक प्रथाले प्रायः ऋतुसँग तादात्म्यराख्छन्lवसन्त ऋतुको आगमन भनेको बिरुवामा नयाँ पालुवा पलाउने बेला हो । नयाँ कामको थालनीलेखपढ आरम्भ पनि प्राकृतिक लहरसँगै भएमा प्रकृति, जीवजन्तु तथा हामी मानिसको पनि एक आपसको अन्तरसम्बन्ध अन्योन्याश्रित रहन्छ भन्ने मान्यता यसका पछाडि रहेको हुनसक्छ l
हाम्रा पूर्वजको यस किसिमको धारणालाई हामी आत्मपरक तथा वस्तुपरक दुवै किसिमले बुझ्न सक्छौँlविशेषगरी शुक्लपक्षकृष्णपक्ष, चन्द्रमा र सूर्यको प्रभावलाई आधार मानेर पनि विभिन्न सांस्कृतिक अभ्यास र चाड पर्व प्रणाली विकास भएको पनि हुनसक्छ lचाडबाडसँगै हुने पूजा अर्चना र मन्त्रोच्चारणले अर्को छुट्टै आयाम थपिदिएको छ l मन्त्रोच्चारणले प्राय: ध्वनिमा आधारित वैज्ञानिक तथ्य उजागर गरिदिएको छ l यो विषय थप अनुसन्धानको पाटो हुनसक्छ l
यस किसिमले हाम्रो विभिन्न विधासँग गाँसिएका सांस्कृतिक अभ्यास समुदायबीचमा आदानप्रदान, छलफल, प्रयोग आदिले गर्दा बढ्दै अनि स्थापित हुँदै गएका छन् l प्रयोग, छलफल, अन्तरसंवाद हुन सकेन, नयाँ पुस्तामा हस्तान्तरण हुन सकेन भने कालान्तरमा यी हराउँदै जान सक्छन्वा व्यापक प्रयोगका कारण सांस्कृतिक अभ्यासभित्रै अरू नयाँ आयाम थपिन पनि सक्छन्l यिनै सांस्कृतिक अभ्यासभित्रै श्री पंचमीवसन्त पंचमी पनि एक हो र यो पर्वको अभ्यास र मनाउने विधिले सामाजिक सद्भाव राख्दै नयाँ पुस्तालाई निरन्तरताको संदेश दिइरहेको छ l
३. वसन्त पंचमी र कृषि संस्कृति
वसन्त पंचमीका दिन सरस्वती पूजासँगै शिव आराधना र कृषिकार्य पनि गरिन्छ lसँगसँगै उमेर पुगेका बहर/बाच्छालाई जुवामा नारेर जोत्न सिकाउने (दाउने) कार्यको सुरु पनि गर्ने चलन छlयस्तै यही दिनमा नेपालको मध्यपहाडी क्षेत्रमा हलसारो गरिन्छ lविभिन्न भाषामा यसका आआफ्नै नाम होलान् । l समग्र सनातन धर्म पद्धति वैदिक मान्यताबाट निर्देशित देखिन्छ l यस मान्यताअन्तर्गत हामी समुदाय वरपरको पृथ्वी, बोटबिरुवा, जीवजन्तु,मानवलगायत सबै प्राणीलाई परमेश्वरको सृष्टि अर्थात् वरदानको रूपमा लिने गरिन्छ l यिनै विविध पक्षबीचको अन्तरसम्बन्ध, क्रियाकलापका आधारमा समाजले आफ्नो विश्व परिदृश्य स्थापित गरेको हुन्छ l यस्तो परिदृश्यको संश्लेषणसँगै प्रकृति, समाज र आर्थिक गतिविधि विकास र सद्भावपूर्ण सम्बन्ध विकास भएको देखिन्छ l
यिनै विकासका क्रमसँगै नेपालमा कृषक समुदायले विभिन्न परम्परागत ज्ञान, सीप,विज्ञान, प्रविधि तथा सूचना सम्प्रेषण गर्ने प्रणाली स्थापित गरेको पाइन्छ l यस्तै प्रणालीअन्तर्गत वसन्त पंचमीका दिन कृषि कर्मका लागि गरिने अति नै महत्त्वपूर्ण र सान्दर्भिक प्रविधिको चलन हलसारो होlयो पौराणिक चलनको आत्मपरक र वस्तुपरक दुवै पाटो हुन् सक्छ lयसको आत्मपरक पक्षविश्वास, भावना, एकाग्रता, पूजा/आजा अनि यसपछि व्यक्ति/समाजले अनुभव गरेको शक्ति,ऊर्जा, सन्तुष्टि हुन् । अङ्कमा मापन गर्न नसकिए पनि यो समुदायको विश्वासको पाटो हो l यससँगै विकसित सकारात्मकता, इच्छा शक्तिले कृषि र पर्यावरणमा पुग्ने योगदान अनुपम हुन्छl
४. हलसारो गर्ने विधि
श्री पञ्चमीका दिनमा गरिने अन्य पूजाआजापछि भूमि पूजा गरिन्छ l भूमि पूजापछि नजिकको वा घरबारीमा नै सिरानको गरामा गोरु नारेर जोत्ने काम थालिन्छl अघि अघि जोत्दै जाने र जोतेको सियोमा गाईको दूध चढाउने गरिन्छ l जम्मा तीन सियोमा गाईको दुधको धारादिइन्छ l यो सुन्दा के गरेको होला ? किन गरेको होला ? भन्ने प्रश्न उठ्नसक्छlवैज्ञानिक आधार नबुझेकाले अन्धविश्वास ठान्न पनि सक्लान् तर माटो, पर्यावरण तथा जैविक विज्ञान बुझेका व्यक्तिको लागि यो एउटा राम्रो उदाहरण हो l
वैज्ञानिक पक्ष
सूर्य उत्तरायण हुनुको ( नेपालमा पुसको १५ पछि सूर्य उत्तरायण हुन्छन् भन्ने मानिन्छ ) अर्थ उत्तरी गोलार्धमा तापक्रम र उज्यालोको अवधि वृद्धि हुनु हो l उज्यालो र तापक्रम वृद्धि भएसँगै माटोमा जैविक गतिविधि वृद्धि हुन्छ । चिस्यानको उपलब्धतामा माटोबाट बिरुवाले आफ्नो खाद्य तत्त्व लिने प्रक्रिया बढ्दै जान्छ l
वसन्त पंचमी शुक्लपक्षमा पर्ने तथा औंसीपछि पूर्णिमासम्म क्रमिकरूपमा माटो, बोटबिरुवा, पशुपंक्षी, जीवजन्तु तथा मानिसमा पनि पानीको मात्रा बढेको हुन्छ भन्ने विश्वास गरिन्छ l उदाहरणका लागि पानी र चन्द्रमाको अन्तर्सम्बन्धको कारण समुन्द्रमा ज्वारभाटा आउँछ भन्ने छ l अर्थात्, धर्तीमा पानीको सतह माथि आएको हुन्छ l
यही प्राकृतिक अवस्था र ऋतु चर्यामा ध्यान दिई वसन्त पंचमीको दिन गाईको दूधको धारा जमिनमादिइन्छ l
गाईको दुधमा माटोमा भएका प्रांगारिक पदार्थलाई टुक्र्याउनर कुहाउन सघाउने जीवाणु प्रशस्त मात्रामा हुन्छ l प्राप्त प्रांगारिक पदार्थ टुक्रयाउने र कुहाउने गर्दै आफ्नो संख्या पनि यिनले वृद्धि गर्छन्l अघिल्लो बालीको अवशेष ( कोदो, तोरी आदि) र अन्य प्रांगारिक पदार्थ हुने हुँदा हलसारोका लागि पाखो बारीको प्रयोग भएको हुनुपर्छ l
सिरानको गरामा जोतेर दूध रोप्नुको तात्पर्य जीवाणु तलतल सर्दै जाउन् भन्ने हुनसक्छ l
जीवाणु जीवाणुबीचको अन्तर्सम्बन्ध कति बढ्छ ?वृद्धिबाट माटोको अवस्था र यसभित्रको विविधतामा कति प्रभाव पार्छ भन्ने भने थप अनुसन्धानको विषय हो ।
यो सबै विधि, पद्धति र प्रविधि प्रयोग गर्न वसन्त पंचमीलाई उपयुक्त तिथि मान्नुको पछाडि मध्यपहाडी भूभागमा खेतीको समय र वसन्त ऋतुमा अपेक्षा गरिने वर्षाको आरम्भ पनि हुनसक्छ l
माथि उल्लेख गरिएको विधि त उदाहरणमात्र हो l यस्ता धेरै ज्ञानविज्ञान र प्रविधि संकलन र पंजीकरणको अभावमा हराएर जाने अवस्थामा छन्l यस्ता विधि प्रविधिलाई यिनको आधारभूत सिद्धान्तमा खलल नगरी समयसापेक्ष परिवर्तन गर्ने, अनुसन्धानमा लाने, सिद्धान्त प्रतिपादन गर्ने तथा पुन: यसलाई कृषकको घर दैलोमा लैजाने कर्तव्य सम्बन्धित निकायको हो र आवश्यक सहयोग गर्नु सबैको दायित्व हो l यस प्रक्रियालाई यसैगरी लान सके प्राचीन ज्ञानविज्ञान संरक्षित हुँदै भावी पिंढीले पनि यसको गौरवपूर्ण दार्शनिक, प्राविधिक अनि वैज्ञानिक पक्ष जान्न पाउने छन् l