site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् विघटनविरुद्धको सभामा चुनाव गराउन देउवाको माग, निर्वाचन तालिका खोइ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको सभाबाटै निर्वाचन आयोगसँग निर्वाचन तालिका मागेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध ७७ जिल्लामा विरोध कार्यक्रमअन्तर्गत बुटवलको सभाबाट देउवाले आयोगको गतिविधिले शंका पैदा गरेको बताए ।

“निर्वाचन आयोग अहिलेसम्म निर्वाचन कार्यक्रम किन बाहिर निकाल्दैन ? कि त कार्यक्रम ल्याउनुपर्‍यो हैन भने चुनाव गराउँदिन भन्नुपर्‍यो,” देउवाले भने, “संसद्‌को विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्छ ।” देउवाले जेठभित्र जसरी पनि आयोगले चुनाव गराउनुपर्ने संवैधानिक बाध्यता रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

जेठ अन्तिमसम्म जसरी पनि चुनाव गराउनुपर्ने भन्दै प्रधानमन्त्री ओली र निर्वाचन आयोग दुवैको निर्वाचन गराउने दायित्व रहेको बताए ।

“जेठभित्र जसरी पनि चुनाव गराउनुपर्छ । निर्वाचन आयोगको त्यही काम हो,” देउवाले भने, “निर्वाचन आयोग संविधान बाहिर जान सक्छ ? निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु- प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC