काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौँको जुलुस ल्याएर सिंहदरबार, बालुवाटार घेर्ने बताएका छन् । प्रचण्डले बुधबार काठमाडौंमा आयोजित सभामा बोल्दै आजको सभाले अदालतलाई जनताको पक्षमा फैसला गर्न सहयोग पुग्ने बताए ।
त्यस्तै, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गएर तीस दिन कट्यो भनेर निर्वाचन आयोगलाई दबाब दिएको बताए ।
“हिजो निर्वाचन आयोगमा गएर तीस दिन कटिसक्यो भनेर काइते कुरा गरेछन्,” प्रचण्डले भने, “हामीले निवेदन दिँदा दश दिन पनि कटेको थिएन । निर्वाचन आयोगका पदाधिकारीहरू त्यही कुरा सुनेका छन् । उनीहरूको निको चाल छैन । योभन्दा बढी बिच्कने हुन् कि भन्ने पनि छ । ७० प्रतिशत एकातिर हुँदा पनि निर्णय गर्न नसके निर्वाचन आयोग तपाईंको खुट्टा पनि जनताले देख्नेछन् । संवैधानिक निकायले स्वतन्त्रपूर्वक काम गर्नुहोस् ।”
उनले केपी ओलीलाई दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न आउन नपरोस् भनेर चेतावनी पनि दिएका छन् ।