काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।
नेपालले उक्त त्रिकोणात्मक सिरिज आगमी मार्च १९ देखि २८ (चैत ६ देखि १५) सम्म खेल्ने कार्यक्रम थियो । प्रतियोगिताका लागि तीन दिनदेखि पहिलो चरणमा ३१ खेलाडी नेपाली खेलाडी बन्द प्रशिक्षणमा छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल र अमेरिकाको क्वारेन्टिन खर्च नतिर्ने भएपछि सिरिज स्थगित हुने सम्भावना बढेको हो । नेपाली खेलाडीले ओमानमा सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । क्यान स्रोतका अनुसार ओमानले ७ दिनको क्वारेन्टिन खर्च आईसीसीलाई तिर्न प्रस्ताव गर्दै आएको थियो । तर, आईसीसी उक्त खर्च नबेहोर्ने बताएको छ ।