काठमाडौं । ब्याजदर घटिरहेका बेला बैंकहरूको ऋणपत्रमा भन्दा धेरै ब्याज पाइने नागरिक बचतपत्रमा लगानी गर्ने अवसर खुला भएको छ । नेपाल राष्ट्र बैंकले माघ २७ गतेदेखि ९ प्रतिशत ब्याजदर भएको दुई करोड रुपैयाँबराबरको ५ वर्षे अवधिको नागरिक बचतपत्र बिक्री खुला गर्न लागेको छ ।
नागरिक बचतपत्र २०८२ ‘ख’ नाम दिइएको उक्त बचतपत्रमा माघ २७ गतेदेखि फागुन १८ गतेसम्म आवेदन दिने सकिनेछ । यस्तै राष्ट्र बैंकले प्राप्त आवेदनका आधारमा फागुन २५ गतेसम्म निष्कासन गर्नेछ । ९ प्रतिशत ब्याजदर रहेको बचतपत्रको ब्याज ६/६ महिनामा भुक्तानी हुनेछ भने २०८२ फागुन २५ गते साँवा फिर्ता हुनेछ । उक्त बचतपत्रमा लगानी गरेर प्राप्त हुने ब्याजमा ब्याजकर लाग्ने सूचनामा उल्लेख छ ।
बचतपत्र स्टक अथवा प्रमिसरी नोटका रूपमा लिन सकिने र कुन प्रकारको हो आवेदन फाराममै खुलाउनुपर्ने हुन्छ ।
नागरिक बचतपत्रको आवेदन फर्म बजार निर्माताको इजाजत लिएका बैंक तथा वित्तीय संस्थाहरू र नेपाल राष्ट्र बैंकको प्रदेशस्थित कार्यलयका पाउन सकिने र आवेदन फर्म भरेर सोही स्थानमा बुझाउन सकिने केन्द्रीय बैंकले जनाएको छ ।
नेपाल सरकाले चालु आर्थिक वर्षमा दुई खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोहीअनुसार राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण उठाउने कार्यतालिकाअनुसार नागरिक बचतपत्र निष्कासन बिक्री खुला गर्न लागेको हो ।
बचतपत्रमा न्यूनतम १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजारले निशेष भाग जाने अंकमा आवेदन दिन सकिनेछ । बचतपत्र धितो राखेर राष्ट्र बैंक अथवा राष्ट्र बैंककबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन सकिनेछ ।
-फाइल तस्बिर