site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
परिसंघले सबै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने
SkywellSkywell

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्नेसम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो । यस अनुमतिबाट परिसंघले भारतलगायत सार्क मुलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ ।

Dabur Nepal
NIC Asia

परिसंघले सधैँ स्वदेशी उत्पादनहरुको गुणस्तर वृद्धि गरी निर्यात प्रवर्द्धनमा जोड दिँदै आइरहेको छ । सरकारले परिसंघको योगदान, उद्योग र निर्यात क्षेत्रको योगदानलाई कदर गर्दै जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।

उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानीलाई निर्यात प्रवर्द्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरी खर्च गर्ने र निर्यात प्रवर्द्धनलाई जोड दिने जनाएको छ । सरकारको निर्णयले निर्यातमा आवद्ध सदस्यहरुलाई अझ बढी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएको छ । यसभन्दा पहिले परिसंघले तेस्रो मुलुकमा मात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro