site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म्यानमारको सैनिक विद्रोहपछि

पछिल्लोपटक म्यानमारको सेनाले आफैँले सुपरिवेक्षण गरेको आम निर्वाचनको परिणाम सन् १९९० मा मन पराएको थिएन । त्यति बेला सैनिक जुन्टाले निर्वाचन परिणाम अस्वीकार गरेर आङ सान सु चीको पार्टी नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी०का अत्याधिक बहुमतसहित निर्वाचित नेताहरूलाई पक्राउ गरेर ‘स्टेट ल एन्ड अर्डर रेस्टोरेसन काउन्सिल’ को नाममा सैनिक शासन जारी नै राखे ।

यो फरबरी १ मा देशकी वास्तविक नेता सु ची र एनएलडीलगायत अरू राजनीतिक नेताहरूलाई झिसमिसेमै गिरफ्तारीबाट त्यही घटना दोहोरिएको छ । सेनाले सत्ता हातमा लियो एक वर्षका लागि संकटकालको घोषणा गरियो र प्रधानमन्त्री जनरल मिन आङ लियाङलाई सत्ता सुम्पिइयो ।  पूर्व सैनिक जनरल उपराष्ट्रपति मिन्ट स्वेलाई राष्ट्रपति बनाइए पनि शक्ति सबै लियाङको हातमा छ ।

सन् १९६२ देखि २०११ सम्म देशमा एकलौटी शासन चलाएको र बितेको एक दशक नागरिक सत्तासँग राजनीतिक संक्रमणमा सअकार्य गरेको  सेनाले लोकतन्त्रमा उसको कुनै रुचि नभएको स्पष्ट गरेको छ । गत नोभेम्बरमा भएको निर्वाचनमा सु चीको एनएलडीले ४७६ मध्ये ३९६ स्थानमा विजय हासिल गरेको थियो भने सेनाको छद्म राजनीतिक मोर्चा युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टीलाई ३३ स्थानमा सीमित भयो । हुनत, लज्जास्पद हार बेहोरेपछि सेनाले मतदानमा धाँधली भएको आरोप लगाएको थियो तर सेनाको शक्तिमा भने कुनै चुनौती उपस्थित भएको थिएन । सन् २०११ पूर्वको म्यानमारको संविधान सेनालाई संसद्मा एक चौथाइ स्थान सुनिश्चित गरेको छ, प्रमुख मन्त्रालयहरूको नियन्त्रण दिएको छ र विदेशीसँग बिहा गर्ने वा विदेशी सन्तान भएका व्यक्तिलाई राष्ट्रपति हुन रोकेको छ । यही कारणले सु ची  राष्ट्रपति हुन नपाएकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यही अवस्थामा एक प्रकारको सहकार्यको ढाँचाको विकास भयो र सन् २०१५ को निर्वाचनबाट सु ची र उनको पार्टीका नेताहरू सत्तामा पुगे । उनीहरूलाई कैदमा राख्नेहरू सेना र पुराना बन्दीहरू मिलेर सरकार चलाए । त्यसरी हेर्दा म्यानमारको लोकतन्त्र स्पष्टरूपमा  बलियो हुँदै गएको थियो । तर, त्यो प्रगति अहिले नराम्ररी रोकिएको छ । वास्तवमा नवनिर्वाचित संसद्को बैठक बस्ने भनिएको दिनमा नै यो सैनिक विद्रोह भएको छ । 

म्यान्मारमा भएको यो घटना नौलो भने होइन । सन् १९४८ मा स्वतन्त्र भएदेखि नै हाल तात्मडाउ भनिने सेनाले नागरिक नेताहरूले भन्दा धेरै समय शासन चलाएको छ । सन् १९९१ मा शान्तिपूर्ण विरोधको प्रतीकका रूपमा नोबेल शान्ति पुरस्कारबाट सम्मानित सु ची आफैँले नै सन् १९८९ २०१० का बीचमा १५ वर्ष नजरबन्दमा बिताएकी छन् । नजरबन्दबाट मुक्त भएपछि उनले सेनाको शक्ति बलियो र राष्ट्रिय हितका विषयमा निर्णायक मानिने संवैधानिक व्यवस्था स्वीकार गरेर सत्ता साझेदारी गरेकी थिइन् ।

Global Ime bank

परन्तु, यो असुविधाजनक सहअस्तित्व त छँदै थियो त्यसमा सु चीको उनका जनताबीच देवीको छवि तथा सेनाको कठोेर अप्रिय अनुहारले गर्दा थप जटिल बन्यो । तैपनि, यसले काम गरिरहेजस्तै देखिन्थ्यो । म्यानमारका अल्पसंख्यक रोहिंग्या मुसलमानहरूको दमनमा सेनाको प्रतिरक्षा गरेर अन्तर्राष्ट्रिय जगतमा आफ्नै छविमा दाग लगाउने हदसम्म सु चीले बर्दीधारी सत्ता साझेदारको साथ दिएकी थिइन् ।

विदेशमा विशेषगरी पश्चिमा प्रशंसकहरूका बीचमा उनको छवि बिग्रे पनि सु ची देशभित्र शक्तिशाली बन्दै गएको भान हुन्थ्यो । मानव अधिकारवादीहरूले रोहिंग्या समुदायको विरुद्धको क्रूर फौजी दमनलाई जातीय नरसंहारका रूपमा हेर्दैआएका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालत, हेगमा प्रतिवाद गर्दै उनले ‘रोहिंग्या’ शब्दको उच्चारणसम्म पनि गर्न अस्वीकार गरिन् र तिनलाई बंगलादेशी घुसपैठी भन्ने कट्टरपन्थी भाष्यकै अनुमोदन गरिन् । 

आलोचकहरूले सु चीमाथि सेनाको तुष्टीकरणमा लागेको, जातिवादी, प्रभुत्ववादीसम्म भएको आरोप लगाएका थिए भने प्रशंसकहरूले सेनाको नियन्त्रणमा रहेको मुलुकमा लोकतन्त्र अगाडी बढाउने व्यवहारवादी मार्ग अपनाएको तर्क गरेका थिए । सयौं राजनीतिक बन्दीहरूलाई जेलमै राख्ने र जातीय अल्पसंख्यकको दमन कायमै रहने व्यवस्थामा उनले जनाएको सहमतिबाट धेरैलाई क्षुब्ध बनायो भने एमनेस्टी इन्टरनेसनल लगायतले  त उनलाई प्रदान गरिएको सर्वोच्च सम्मान नोबेल पुरस्कार फिर्ता लिन सन् २०१८ मा आह्वानै गरेका थिए ।

सुकीको पछिल्लो गिरफ्तारीपछि भने उनका विरुद्ध आरोपप्रत्यारोप साम्य भएको छ । धेरै मुलुकका सरकारहरूले चिन्ता प्रकट गरेका छन् र उनको रिहाइका साथै लोकतन्त्र पुनःस्थापना गर्न आह्वान गरेका छन् । अर्कातिर, सेनाले भने आफ्नो कारबाही संवैधानिक भएकोमा जोड दिएको छ ।

म्यानमारका छिमेकीहरूले सैनिक विद्रोहपछि निकै सावधानीपूर्वक पाइला चालिरहेका छन् र पहिलेको सम्बन्धमा केही परिवर्तन हुनसक्छ । सैनिक सत्ताका पश्चिमा आलोचकहरू जसरी नारामा सीमित नभई भारत लामो समयसम्म म्यानमारमा लोकतन्त्र, स्वतन्त्रता र मानवअधिकारका पक्षमा दृढतापूर्वक उभियो । एसएलओआरसीले सन् १९८९ मा राष्ट्रव्यापी जनविद्रोहको क्रूरतापूर्वक दमन गर्दा भारत सरकारले सुरुमै दमनबाट भागेका विद्यार्थीलाई शरण दियो र भारतबाटै प्रतिरोध आन्दोलन चलाउने अनुमति केही आर्थिक सहयोग पनि दियो ।  साथै भारतले लोकतन्त्र समर्थक अखबार र रेडियो चलाउन सहयोग पनि दिएको थियो ।

परन्तु, त्यसपछि चीन म्यानमारभित्र पस्यो भने पाकिस्तानले जर्नेलहरूको खातिरदारी गर्न थाल्यो । चीनले म्यानमारमा समुद्री बन्दरगाह निर्माण र ठूलो मात्रामा प्राकृतिक ग्यासको भण्डारको अन्वेषण तथा म्यानमारको सैनिक शासनले भारतको उत्तरपूर्वी राज्यमा जातीय विद्रोह उकास्ने कार्यले भारतका लागि स्पष्ट खतरा उत्पन्न भयो । फलस्वरूप, भारतीय नेताहरूले यांगुनका शासकहरूसँग सम्बन्ध स्थापित गरे ।

अहिले चीन सु चीको निकट पुगेको मानिन्छ भने भारतीयहरू म्यानमारका सैनिकको त्यहाँका जातीय विद्रोहको लामो समयसम्म सहयोगी रहेको चीनसँग तनाव हुँदा सन्तोष मान्छन् । भारतमा धेरैको मत छिमेकी मुलुकको लोकतन्त्र र मानव अधिकारका पक्षमा उभिनुपर्छ भन्ने रहेको छ भने अरू अलि व्यवहारवादी भएर कदम चाल्ने सुझाव दिँदै सन् १९८८ ( २००१ को अवधिको गल्ती दोहोरिन दिन नहुने ठान्छन् ।

सैनिक विद्रोहपछि विख्यात बर्मेली इतिहासकार मिन्ट ऊले ट्विटरमा लेखेका छन् ( “यसपछि के होला भनेर निश्चित गर्न कसैले पनि सक्तैन कि भन्ने निराशाजनक अनुभूति गरिरहेको छु । स्मरणीय छ, यहाँ करोडौंले मुस्किलले हातमुख जोर्न सक्छन् भने अर्कातिर हतियारले ढाकिएको मुलुक म्यान्मार जातीय तथा धार्मिक आधारमा गहिरोसँग विभाजित छ ।” यो यस क्षेत्रका सबैका लागि भद्र चेतावनी पनि हो ।

(भारतका पूर्वविदेश राज्यमन्त्री)

Copyright: Project Syndicate, 2021.


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC