site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा कोरोना संक्रमणको एक वर्ष : दुई हजारको मृत्यु, दुई लाख ७० हजार संक्रमित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा आजदेखि कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । अग्रपंक्तिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारीलगायतलाई पहिलो चरणमा खोप लगाइँदै छ ।

आज सातवटै प्रदेशका ६२ वटा अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सुरु भएको खोप कार्यक्रमको पहिलो चरण १० दिनभित्र सकिने बताइएको छ । त्यसपछि दोस्रो चरणको अभियान सुरु हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा पहिलोपटक गत वर्षको माघ ९ गते एक पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । चीनबाट सुुरु भएको कोरोना महामारीले विश्व आक्रान्त छ । नेपाल पनि कोरोना महामारीसँग जुधिरहेको छ ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत वर्षको चैत ११ गतेबाट लकडाउन गर्‍योे । झन्डै साढे चार महिना लकडाउन जारी रह्यो । तर, कोरोना कहर रोकिएन । लगातार संक्रमित र ज्यान गुमाउनेको दर बढ्दै गयो ।

Global Ime bank

गत माघदेखि यो माघको १२ गतेसम्मको अवधिमा कोरोना संक्रमणका कारण दुई हजार १७ जनाको मृत्यु भयो । यो अवधिमा दुई लाख ७० हजार ९२ जना संक्रमित भए । हालसम्म दुई लाख ६४ हजार ८२३ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो समय कोरोना संक्रमणको दर कम हुँदै गएको छ । संक्रमणको दर कम हुँदै गए पनि अझै जोखिम कायम रहेकाले स्वास्थ्य सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिँदै आएका छन् ।

नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको खोप ‘कोभिसिल्ड’ अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनिकाले विकास गरेको हो । यसलाई भारतको सिरम इन्स्टिट्युट अफ इन्डियाले उत्पादन गरेको हो ।

तस्बिरः सुनील प्रधान/बाह्रखरी ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement