site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देश मुठभेडतर्फ जाने खतरा बढ्यो : कमल थापा
Sarbottam CementSarbottam Cement

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक दलका नेता एकार्काको आरोप–प्रत्यारोपमा लाग्दा देश मुठभेडमा जाने खतरा बढेको बताएका छन् ।

पत्रकारसँगको अन्तरक्रियामा आइतबार उनले पक्ष र विपक्षमा शक्तिको प्रदर्शन गर्ने प्रक्रियाले देशलाई अस्थिरता, अराजकता र मुठभेडतर्फ लैजाने खतरा बढेको बताए । उनले भने, ‘‘पक्ष–विपक्षको शक्ति प्रदर्शनले देश मुठभेडतर्फ जाने देखिएको छ । यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ।’’ प्रजातन्त्र कमजोर बन्दा विदेशी शक्तिको चलखेल बड्ने उनको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले थपे, ‘‘अस्थिरता र अराजकता बढ्दै गएको अवस्थामा परिस्थिति राजनीतिक दल र नेताभन्दा बाहिर जान सक्ने खतरा देखिन्छ ।’’

प्रतिनिधिसभा विघटनको विषयमा संविधानमा केही अस्पष्टता रहेको भन्दै उनले यसलाई सर्वोच्चले व्याख्या गर्नुपर्ने बताए । उनले भने, ‘‘सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दामा सर्वोच्चले उचित व्याख्या गर्नुपर्छ । राजनीतिक दल र अन्य संस्थाले अदालतलाई दबाब दिनु हुँदैन ।’’

Global Ime bank

देशको अवस्थालाई हेर्दै सर्वोच्चले चाँडोभन्दा चाँडो निर्णय दिनुपर्ने उनको तर्क छ । उनले १४ वर्षको राजनीतिक अभ्यासमा भएको असफलताका कारण वर्तमान संविधान, व्यवस्था र मार्गचित्रबारे प्रश्नचिह्न खडा भएको बताए ।
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  २२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC