site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शासक स्वेच्छाचारी हुँदा मधेसले बलिदानी दिनुपर्‍यो : महन्थ ठाकुर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले शासक स्वेच्छाचारी भएपछि शक्तिको दुरुपयोग सुरु हुने बताएका छन् ।

मधेस आन्दोलनका सहिदको सम्झनमा मनाइने बलिदानी दिवसका अवसरमा सोमबार अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । शासक जतिसुकै स्वेच्छाचारी भए पनि जित भने सत्यको नै हुने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘राज्यको आधार शक्ति व्यवस्थित रुपले चलाउनका लागि निर्माण गरिएको हुन्छ । तर, जब शासक स्वेच्छाचारी हुन्छ, तब शक्तिको दुरुपयोग हुन सुरु हुन्छ,’’ अध्यक्ष ठाकुरले भने, ‘‘मधेसमा जति पनि सहिद भएका छन्, त्यो राज्यको शक्ति दुरुपयोगकै कारण हो ।’’

उनले शान्तिपूर्ण मधेश आन्दोलनमा आवश्यक नभए पनि गोली चलाइएको र आन्दोलन दमनका लागि शक्ति दुरुपयोग गरिएको बताए । विभेदका विरुद्ध शान्तिपूर्ण रुपमा आफ्नो अधिकार माग्दा मधेसले बलिदानी दिनुपरेको उनको भनाइ थियो । ‘‘संघर्ष अहिले पनि जारी नै रहेको छ,’’ अध्यक्ष ठाकुरले भने ।
फाइल तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  २३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC