site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चैतदेखि बन्द हलमा पहिलोपटक नयाँ चलचित्र रिलिज 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आज रिलिज भएको छ । दिपेश सापकोटाले निर्देशन रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो । 

गतै चैत ७ गतेबाट सिनेमा हल बन्द भएपछि आज पहिलोपटक नयाँ नेपाली चलचित्र रिलिज भएको हो । पुस १० गते दुई नेपाली चलचित्र रिलिज भए पनि ती दुबै चलचित्र पुराना थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले सिनेमा हल खोल्ने निर्णय गरेसँगै शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।  

पीजी सर्टिफिकेट पाएको यो चलचित्र १६ बर्ष भन्दा तलका बालबालिकाले अभिभावको साथमा हल जानुपर्नेछ ।

Global Ime bank

‘एउटा यस्तो प्रेम कहानी’ मा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, कविता मानन्धर, शक्ति श्रेष्ठ लगायत कलाकारको अभिनय छ । 

चलचित्र वितरक तथा सिनेमा हल सञ्चालक गोपालकाजी कायस्थले नयाँ सिनेमाको अभावमा हलमा जान दर्शक इच्छुक नदिएकोमा अब नयाँ सिनेमा रिलिज भएसँगै हलमा दर्शकको भिड लाग्ने विश्वास व्यक्त गरे । असहज परिस्थिती भन्दै अधिकांश निर्माता हच्चिएका बेला शिव श्रेष्ठले चलचित्र प्रदर्शन गरेर शून्यमा झरेका चलचित्र क्षेत्रलाई चलायमान बनाउन लागि परेको बताए । नेपाली चलचित्र उद्योगले श्रेष्ठको यो गुन कहिल्यै नभुल्ने उनले बताए । 

उनलाई सिंगल थिएटरले ५५ प्रतिशत सेयर दिएका छन् । सामान्य समयमा ५० प्रतिशत सेयर दिँदै आएकोमा कोरोनाका कारण लगानी जोखिमको सम्भावना रहेको भन्दै ५५ प्रतिशत सेयर दिएका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC