site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हतियार लिएर ट्रम्पका समर्थक संसद् भवनमा घुसेपछि अमेरिकामा हिंसा, डीसीमा कर्फ्यु 

काठमाडौं । चुनावी परिणाम उल्ट्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासले अमेरिकामा हिंसा फैलिएको छ । ट्रम्पका समर्थक हतियार लिएर क्यापिटल बिल्डिङ (संसद् भवन) मा घुसेपछि अमेरिकामा हिंसा भड्किएको हो ।  डिसेम्बर १४ मा इलेक्टोरल कलेजका सदस्यहरुले आफ्नो मत सिल गरिएका सर्टिफिकेटमा देशभरबाट कंग्रेसलाई पठाउने गर्दछन् । र जनवरी ६ मा तिनै सर्टिफिकेट क्यापिटल भवनमा गणनाका लागि पठाइने गरिएको छ । 

यो समारोह सन् १८७७ देखि चल्दै आएको छ । तर बुधबार भने ट्रम्प समर्थकहरुले हिंसात्मक रुपमा पहिले बाहिर प्रदर्शन गरे भने पछि क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा मच्चाएको बीबीसीले जनाएको छ । हिंसक गतिविधि भएपछि कंग्रेसले ती इलेक्टोरल मत गणनाको कार्यक्रम रोक्नुपरेको थियो । 

प्रदर्शनका क्रममा भवनभित्रै जबरजस्ती प्रवेश गरेका १३ जना पक्राउ परेका छन् । वासिङटन डीसी पुलिसका अनुसार प्रदर्शनकारीहरुबाट पाँचवटा बन्दुक र एउटा अत्यधुनिक हतियार पनि नियन्त्रणमा लिइएको छ ।  पुलिस प्रमुख रोबर्ट कोन्टीले सञ्चारकर्मीहरुलाई बताए अनुसार यसमा पक्राउ परेका मानिसहरु डीसी क्षेत्रमा बसोबास गर्ने नागरिकहरु होइनन् । उनीहरु बाहिरबाट आएका थिए । 

अहिले डीसी क्षेत्रभर कर्फ्यु लगाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro