site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड–बादल सम्बन्ध : निर्णायक संघर्षमा सधैँ धोका ! 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । नेकपाका दुई युद्धकालीन नेता हुन् पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामबहादुर थापा ‘बादल’ ।  तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहका नेतृत्वकर्तामध्ये यी दुईजनाको सम्बन्ध भने सधैँ उतारचढावपूर्ण देखिन्छ । 

पछिल्लो पार्टी संघर्षमा पनि बादलले प्रचण्डको साथ छाडेका छन् । प्रचण्ड–बादलको सम्बन्ध युद्धकालीन समयदेखि नै तिक्कतापूर्ण बढी देखिन्छ । प्रचण्ड पक्षीय नेताहरु बादलले सधैँ प्रचण्डलाई निर्णायक मौकामा धोका दिएको टिप्पणी गर्छन् । 

प्रचण्ड–बादल टकरावको इतिहास

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्डसँग मिलेर कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका नेता हुन् बादल । पार्टीले जनयुद्धको नीति पास गरेपछि २०५२ सालमा गोरखामा जनयुद्ध तयारीको अन्तिम बैठक बसेको थियो । बैठकले जनयुद्धमा जान फौजी कार्यदिशा पारित गर्‍यो ।

बैठकको अन्त्यमा प्रचण्डले नेतृत्वलाई स्थापित गर्ने र सबै कुरा नेतृत्वमै केन्द्रित हुनुपर्ने प्रस्ताव गरे ।  बाबुराम भट्टराईले छलफल गरेर अगाडि बढौँ भन्दा बादलले भने त्यसको प्रतिवाद गरे । तत्कालीन माओवादी नेताका अनुसार बादलले सोही बैठकमा भनेका थिए,“अब पार्टीको पतन यहीँबाट सुरू हुन्छ ।”
आफ्ना विरुद्धमा बोलेपछि प्रचण्ड बादलसँग सशंकित भए । सोही बैठकपछि नेताहरुको जिम्मेवारी बाँडफाँड भयो । 

Global Ime bank

बादललाई रोल्पा, रुकुमसहित पश्चिम क्षेत्रको जिम्मेवारी दिइयो । बादलले माओवादीले भन्दै आएको जनयुद्धको आधारभूमि रोल्पा, रुकुममा राम्रो संगठन बनाए ।  उनले सिज अभियान (सिस्ने–जलजला) चलाए । जसका विभिन्न चरण थिए । सो अभियानले बादललाई निकै स्थापित गरायो । त्यही क्रममा २०५३ सालमा बादल पार्टीभित्रै कारबाहीमा परे ।

नैतिक पतनमा उनलाई कारबाही गरिएको तत्कालीन माओवादी नेताहरु बताउँछन् । सुरूमा बादलले त्यसलाई अस्वीकार गरे पनि पार्टीको अनुसन्धानबाट त्यो पुष्टि भयो । उनलाई पार्टीको जिम्मेबारीबाट हटाइयो । तत्कालीन समयमा पार्टीले बादललाई ‘लिन प्याओवादी’ भएको आरोप लगायो ।  लिन प्याओलाई चिनियाँ कम्युनिष्ट पार्टीका षड्यन्त्रकारी नेताका रुपमा चिनिन्छ । लिनले माओलाई नै सिध्याएर पार्टी नेतृत्व हत्याउने षड्यन्त्रकारी भूमिका खेलेका थिए । 

‘लिन प्याओवादी’ आरोप लगाइएपछि बादल प्रचण्डसँग थप रुष्ट बन्दै गए । पार्टीभित्र बादलले प्रचण्डलाई नै सिध्याउन खोजेको आरोप नेताहरुले लगाए ।  त्यसबीचमा एकपटक प्रचण्ड र बादलबीच युद्धका क्रममा छिमेकी भूमि प्रयोग गर्ने कि नगर्ने भन्ने विवाद भयो । प्रचण्डले आवश्यकतामा छिमेकी भूमि प्रयोग गर्न सकिने प्रस्ताव गर्दा बादलले नेपालमै बसेर युद्धको नेतृत्व गर्नुपर्ने बताए । 

२०५५ सालमा उनीमाथि लगाएको कारबाही फुकुवा भयो । ०६१ सालको रोल्पा फुन्टिवाङ बैठकअघि भारतको बैंङलोरको मैसुरमा तत्कालीन माओवादीको पोलिट्ब्युरो बैठक बसेको थियो ।  सो बैठकमा प्रचण्ड र बादलबीच घम्साघम्सी नै पर्न गयो । दुवैले एक अर्काको निजी विषय कोट्याउँदै कडा आलोचना गरे । प्रचण्डले पछि यो भावनात्मक कुरा हो भन्दै मिलाए । 

एक दशकपछि चुनबाङ बैठकसम्म आइपुग्दा बादलले आफू प्रचण्डमा विलय भएको बताए ।  सोही बैठकमा माओवादी नेताहरु धरधरी रोएका थिए । त्यो बीचमा बादल र प्रचण्ड नजिक भए ।  बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्रको लाइन अघि सार्दा उनलाई कारबाही गरिएको थियो ।  पछि माओवादी पार्टी बाबुरामकै लाइनमा अघि बढ्यो । प्रचण्डमा बिलय भएको बताएका बादल पछि फेरि प्रचण्डविरुद्धको मोर्चामा उभिए । 

माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डविरुद्ध धोविघाट गठबन्धन बन्यो । सो गठबन्धनमा मोहन बैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, बादललगायतका नेता लागे । नेता वर्षमान पुन अनन्तले भने प्रचण्डको साथ छाडेनन् । २०६९ मा आउँदा तत्कालीन माओवादी विभाजनको तहसम्म पुग्यो । मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन भयो । पार्टी विभाजनको समयमा बादल प्रचण्डसँगै रहने धेरैको अनुमान थियो । 

तर उनी बैद्यसँगै लागे । मोहन वैद्य नेतृत्वको पार्टीको महासचिव बने । वैद्यसँग पनि उनको यात्रा लामो समयसम्म टिक्न सकेन ।  उनी फेरि एक समूहसहित प्रचण्ड नेतृत्वकै पार्टीमा फर्किए । प्रचण्डले उनलाई फेरि आफूपछिको दोस्रो नेता बनाएर अघि बढाए ।  त्यसबीचमा माओवादीबाट बाबुराम भट्टराई अलग भइसकेका थिए । 
एमाले–माओवादी एकतापछि प्रचण्डले सचिवालयमा बादललाई आफ्नो टिमबाट राखे । निर्वाचनमा उमेदवार टुङ्ग्याउने जिम्मेवारी सुम्पिए । 

बादल निर्वाचनमा सहभागी भएनन् । उनी राष्ट्रियसभामा आए । प्रचण्डकै प्रस्तावमा पूर्वमाओवादी समूहबाट सरकारमा जानेको नेतृत्व बादलले गरे । बादल गृहमन्त्री बने । प्रचण्डनिकट नेताका अनुसार यसबीचमा बादलले प्रचण्डलाई ‘टेर्न’ छाडेका थिए ।  पार्टीभित्रको विवाद उत्कर्षमा पुग्यो । ओली समूह र प्रचण्ड समूहसँगै बस्न नसक्ने अवस्था आयो । 

प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई पदबाट राजीनामा गर्न निर्देशन दिए । सबैले माने तर बादल र लेखराज भट्टले मोननन् ।  एकपटक ओलीले बादललाई बोलाएरै कित्ता क्लियर गर्न भने । बादलले ओलीलाई साथ दिने संकेत त्यसबेला नै गरेका थिए । उनीहरुले राजीनामा दिएनन् । बादल खुलेर कहिल्यै बोलेनन् तर भित्रभित्रै गुट परिवर्तन गरेको आरोप नेताहरुको छ । 

प्रचण्ड समूहका नेताहरु बादलले सधैँ प्रचण्डलाई फाइदाका लागि प्रयोग गरेको र निर्णायक संघर्षमा साथ छाड्दै आएको बताउँछन् ।  बादलसँग आएका सबैजसो नेताहरु भने प्रचण्ड समूहमा लागिसकेका छन् । खुलेर नबोल्ने र भित्रभित्रै खेल्न बादल सिपालु भएको नेताहरुकै आरोप छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement