site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यसरी सुरू भयो पहिलो सुरुङ सडकमार्ग खन्ने काम (तस्बिरमा)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षअघि उद्घाटन गरेको नागढुंगा सुरु खन्ने काम सुरु भएको छ । निर्माण कार्य सुरु भएको केही महिना कोभिड प्रभाव र तयारीपछि मंगलबारबाट देशको पहिलो सडकमार्ग सुरुङ खन्ने काम प्रारम्भ भएको हो । मंगलबार सुरुङको ‘स्केप टनेल’ खन्न थालिएको छ । जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदै गरेको सुरुङको ठेक्का जापानी कम्पनी हाजमा आन्दो कर्पोरेसनले पाएको छ । जापानी कम्पनीले जापानी संस्कारअनुसार कार्य शुभारम्भ गरेको हो ।

 

Prabhu Bank
Agni Group
NIC Asia

 

मुख्य सुरुङ खन्ने काम भने केही समयपछि सुरु हुनेछ । मंगलबार सुरुङको पश्चिम भाग काठमाडौं–धादिङ सीमा सिस्नेखोलामा स्केप टनेल खन्ने काम थालिएको हो ।

Global Ime bank

 

 

स्केप टनेल १ सय २० मिटर खनेपछि मुख्य सुरुङ पुगिन्छ र त्यहाँबाट दायाँबायाँतर्फ खन्ने आयोजनाको दाबी छ ।  यस्तै पूर्वपट्टी अर्थात् चन्द्रागिरी नगरपालिकाको पोर्टलमा जनवरी स्केप टनेल खन्ने योजना छ । नागढुंगा सुरुङ ४२ महिनामा सम्पन्न गर्ने योजना छ । गतवर्षको कात्तिकमा प्रधानमन्त्रीले उद्घाटन गरेको १४ महिना बितिसकेको छ । बाँकी दुईतिहाई अवधिमा सुरुङ निर्माण सक्ने आयोजनाको दाबी छ ।

 

२.६८ किलोमिटर सुरुङमार्ग निर्माणको लागत २२ अर्ब हुने अनुमान गरिएको छ ।

 

 

सबै तस्बिर ः रोविन पाैडेल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement