site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् विघटनविरुद्ध कांग्रेसको चारबुँदे निर्णय : अधिनायक सरकारले जनमतको अपमान गर्‍यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीको सरकारको संसद् विघटनको निर्णय सच्याउन पार्टीका सम्पूर्ण प्रयत्‍न केन्द्रित गर्ने निर्णय गरेको छ ।

सरकारको संसद् विघटन गर्ने निर्णय राष्ट्रपतिबाट स्वीकृत भएपछि सभापति शेरबहादुर देउवानिवासमा बसेको आकस्मिक पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले निर्णय सच्याउन देउवाको नेतृत्वमा अन्य दलसँग समन्वयन गर्ने निर्णय गरेको छ ।
 
‘‘वैशाखमा मध्यावधि निर्वाचन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र सम्माननीय राष्ट्रपतिबाट उक्त सिफारिस स्वीकृत भएको घटनामा हाम्रो ध्यान गम्भीर रुपले आकृष्ट भएको छ,’’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘‘यो घटना नेपाल कम्युनिस्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण निन्दनीय कार्य हो । सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

नेकपाले स्थिरता र शान्तिको नारा दिएर पाएको झन्डै दुईतिहाइ जनमतको अपमान गरेको कांग्रेसले बताएको छ । ‘‘विगतको निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएर झन्डै दुईतिहाइ जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको छ । कोभिड-१९ को माहामारीले जनता सर्वाधिक पीडामा रहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको सरकार जनताका जनजीविका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुँदै, आफ्नो पद र शाक्तिका लागि सत्ता संघर्षमा केन्द्रित रह्‍यो,’’ निर्णयको दोस्रो बुँदामा भनिएको छ, ‘‘पछिल्ला घटनाक्रमले कम्युनिस्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता सञ्‍चालन गर्न अक्षम र जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी रहेको प्रस्ट छ । प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यताविपरीत कार्यहरुको शृंखलाको निरन्तरता हो ।’’

कम्युनिस्ट सरकारको कदमले उत्पन भएको असहज परिस्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रत्मक संविधान र संसदीय शासन व्यवस्थाको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्‍याउन आफ्ना सबै प्रयत्न केन्द्रित गर्ने कांग्रेसले बताएको छ । 
No description available.

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC