खेल
काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले साउथह्याप्टन माथि साँघुरो जित निकालेको हो । साउथह्याप्टनको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङले निर्णायक गोल गरे । उनले खेलको १६ औं मिनेटमा गरेको गोलले नै टिमलाई जित निकाल्न प्रयाप्त बन्यो ।
सिटी यो सिजन लिगमा कमजोर बनेको छ । सिटी सुरुआती खेल देखिनै कमजोर बनेको हो । लगातार दुई खेल बराबरी खेलेको सिटीले आजको खेलमा भने जित निकाल्न सफल भएको हो । जितसँगै लिगमा १३ खेल खेलेको सिटी २३ अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको छ । पराजित साउथह्याप्टन २४ अंक सहित तालिकाको चौथो स्थानमा छ ।
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ ०७:२८
प्रतिक्रिया दिनुहोस्